-->

मनकामना सामुदायिक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न

Nawalpurfm

विमा गाहा मगर । नवलपुर, असोज ३०। मनकामना सामुदायिक वन उपभोक्ता समूह, कावासोती–७ र ८ को आठौँ वार्षिक साधारण सभा शुक्रबार नेपाल आमा समूहको सभाहलमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष गंगा प्रसाद न्यौपानेको अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिविधि, प्रगति तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष गंगा प्रसाद न्यौपानेले समूहले हालसम्म सञ्चालन गरेका विभिन्न गतिविधि तथा हासिल गरेका प्रगतिबारे जानकारी गराउनुभएको थियो।

त्यसैगरी, संस्थाका कोषाध्यक्ष शिव प्रसाद शर्माले संस्थाको आय–व्यय तथा खर्चसम्बन्धी आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्णु प्रसाद अधिकारीले सामुदायिक वनको स्वीकृत कार्ययोजनाअनुसार काम गर्न र वनको संरक्षण तथा व्यवस्थापनमा उपभोक्ता सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले वन क्षेत्रमा हुन सक्ने आगलागी, चोरी–निकासी तथा वन्यजन्तुको तस्करीजस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। यस्ता घटना भएको थाहा पाएमा तत्काल डिभिजन वन कार्यालयलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो।

अधिकारीले विशेषगरी असोज र कात्तिक महिनामा वनजङ्गलको छपान, कटान तथा काठ निकासी गर्दा प्रचलित नियम र स्वीकृत कार्ययोजनाअनुसार व्यवस्थित ढङ्गले काम गर्नुपर्ने बताउनुभयो। वनको दिगो संरक्षण, जैविक विविधताको जगेर्ना र वन स्रोतको उचित उपयोगका लागि उपभोक्ता समूह र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष गौरी सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष, सामाजिक व्यक्तित्व, वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण संस्थाकी सहसचिव खुमकुमारी शर्माले  गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मनकामना सामुदायिक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न

विमा गाहा मगर । नवलपुर, असोज ३०। मनकामना सामुदायिक वन उपभोक्ता समूह, कावासोती–७ र ८ को आठौँ वार्षिक साधारण सभा शुक्रबार नेपाल आमा समूहको सभाहलमा

Nawalpurfm

कात्तिक ९ देखि २२ गतेसम्म नवौँ नवलपुर महोत्सव हुने, आफ्नै प्रशासनिक भवन निर्माण मुख्य उद्देश्य

विमा गाहा मगर । नवलपुर,असोज २९ ।   नवलपुरको कावासोतीमा आगामी कात्तिक ९ गतेदेखि २२ गतेसम्म नवौँ नवलपुर महोत्सव–२०८३ आयोजना हुने भएको छ।

Nawalpurfm

शिव सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा सम्पन्न

विमा गाहा मगर । नवलपुर,असोज २८। शिव सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा बुधबार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ। संस्थाका

↑