भारतीय चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
नवलपुर,असोज २२ । भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो ।
पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । चिकित्सकहरूले झण्डै ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकिएको अस्पतालका चिकित्सक डा। शेखर साल्करलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले जनाएको छ ।
निधनको यकिन कारण भने पोस्टमार्टमपछि मात्रै स्पष्ट हुने खबरमा उल्लेख छ । पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ ।
सन् १९५१ जनवरी १ मा महाराष्ट्रको मुरुड–जन्जिरामा जन्मिएका विश्वनाथ पाटेकर अर्थात् नाना पाटेकरले सन् १९७८ मा ‘गमन’बाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरु गर्नुभएको थियो । हिन्दी र मराठी दुवै भाषाका चलचित्रमा काम गर्नुभएका उहाँ अभिनयसँगै लेखक र निर्देशकका रूपमा पनि परिचित हुनुहुन्थ्यो ।
‘सलाम बम्बे’, ‘परिन्दा’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी स् द म्युजिकल’, ‘गुलाम–ए–मुस्तफा’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’लगायत चलचित्रमा उहाँले सम्झनलायक भूमिका निर्वाह गर्नुभएको थियो ।
७५ वर्षको उमेरमा पनि पाटेकर अभिनयमा सक्रिय हुनुहुन्थ्यो । गम्भीर, खलनायक, प्रहरी, राजनीतिक पात्रदेखि हास्य भूमिकासम्मलाई आफ्नै शैलीमा प्रस्तुत गर्ने उहाँको क्षमता भारतीय चलचित्रमा अलग पहिचानका रूपमा स्थापित थियो ।
उहाँको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली अभिनेता गुमाएको छ ।

भारतको नयाँ दिल्लीमा प्रदर्शनअघि २० हजारभन्दा धेरै प्रहरी तैनाथ
नवलपुर,असोज २३ । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि शनिवार हुने प्रदर्शनअघि

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण
नवलपुर,असोज २३ । मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको

भारतीय चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
नवलपुर,असोज २२ । भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको आज बिहान गोवामा




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस