-->

एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास

Nawalpurfm

नवलपुर, असोज २१ । नेपाल प्रिमियर लिग (एनपीए)को तेस्रो संस्करणका लागि काठमाण्डौ कीर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरु हुन झण्डै तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो ।

दशैँसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ । विगत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढाउने, प्रवेशद्वार तथा आवतजावत व्यवस्थित गर्ने र शौचालय तथा धुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको हो ।

मुख्यपर्व दशैँ–तिहारकाबीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो ‘फ्यान बेस’ का कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ । विदेशी चर्चित खेलाडीको सहभागिताले एनपीएलप्रति आकर्षण थप बढ्ने अपेक्षा गरिएको (क्यान) का सचिव खड्काले बताउनु भयो ।

एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमलाई ४–१ गोलले हरायो

नवलपुर,असोज २० । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ । बेल्जियम ४–१ गोलले पराजित भयो ।

Nawalpurfm

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

नवलपुर,असोज १९ । जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६

Nawalpurfm

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

नवलपुर,असोज १९ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान

↑