आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान
नवलपुर,असोज १९ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्यो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे ।
क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै उत्कृष्ट खेलेर जित निकाल्न शुभकामना दिनुभयो । कप्तान सन्दीप लामिछानेले टोलीको तयारी राम्रो रहेको र खेलाडीहरू लयमा रहेको बताउनुभयो ।
ओमान पुगेपछि नेपाली टोलीले तयारीसँगै एउटा अभ्यास खेल समेत खेल्नेछ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ ।
यो श्रृङ्खलाअन्तर्गत नेपालले यही असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते क्यानडासँग तथा कात्तिक २ गते ओमानसँग खेल्नेछ ।

युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमलाई ४–१ गोलले हरायो
नवलपुर,असोज २० । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ । बेल्जियम ४–१ गोलले पराजित भयो ।

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित
नवलपुर,असोज १९ । जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६

भारतसँगको एकदिवसीय श्रृंखलामा वेस्टइन्डिज क्लिन स्वीप हुनबाट जोगियो
नवलपुर,असोज १८ । भारत र वेस्टइन्डिजबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृंखलामा वेस्टइन्डिज क्लिन स्वीप हुनबाट जोगिएको छ । तीन खेलको शृंखला भारतले



.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस