-->

युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमलाई ४–१ गोलले हरायो

Nawalpurfm

नवलपुर,असोज २० । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ ।

बेल्जियम ४–१ गोलले पराजित भयो । बेल्जियमले खेलको ३५औँ मिनेटमा डोडी लुकबाकियोको गोलबाट अग्रता बनाएको थियो । तर फ्रान्सले ७७औँ मिनेटमा डेजिरे डुएको गोलबाट बराबरी गर्‍यो ।

त्यसपछि रायन चेरकीले ८१औँ मिनेटमा गोल थपे । त्यस्तै माइकल ओलिसेले ८८औँ मिनेटमा र इन्जुरी समयमा पुनः गोल थप्दै फ्रान्सको ४–१ को जित सुनिश्चित गरे ।

जितसँगै फ्रान्स चार खेलबाट १० अंकसहित समूह ए को शीर्ष स्थानमा छ । बेल्जियम ६ अंकसहित तेस्रो स्थानमा छ । अर्को खेलमा इटालीले टर्कीलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

नवलपुर,असोज १९ । जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६

Nawalpurfm

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

नवलपुर,असोज १९ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान

Nawalpurfm

भारतसँगको एकदिवसीय श्रृंखलामा वेस्टइन्डिज क्लिन स्वीप हुनबाट जोगियो

नवलपुर,असोज १८ ।  भारत र वेस्टइन्डिजबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृंखलामा वेस्टइन्डिज क्लिन स्वीप हुनबाट जोगिएको छ । तीन खेलको शृंखला भारतले

↑