गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
नवलपुर,असोज १९ । गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा ६३ मिलिमिटर पानी परेको छ ।
कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाडका थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाडका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक–दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कपिलवस्तु वर्षा
नवलपुर,असोज १९ । गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा ६३ मिलिमिटर पानी परेको

गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
नवलपुर,असोज १९ । गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा ६३ मिलिमिटर पानी परेको

चितवनमा रुखमा ठोक्कियो मोटरसाइकल, एकको मृत्यु, एक घाइते
नवलपुर,असोज १९ । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर


.2026-10-03-07-49-59.jpeg)




प्रतिकृया दिनुहोस