-->

कांग्रेस महाधिवेशनःदेउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने

Nawalpurfm

नवलपुर, असोज १७ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । महाधिवेशनस्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो ।

चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यस पटक पूर्वसभापति शेरबहादुर देउवामार्फत गराउने प्रयास गरिएको छ । तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्ने उहाँले बताउनुभयो ।

महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो । सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेताभन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड दिने बताउनुभयो ।

यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो । हरेक प्रतिनिधिले ३५ सय रुपैयाँमा झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो ।

भोलि उद्घाटन हुने महाधिवेशनअन्तर्गत १९ र २० गते बन्दसत्र हुनेछ । २१ र २२ गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ता पर्सि सोमवार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

नवलपुर, असोज १७ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘भवन (दोस्रो संशोधन) विधेयक, २०८३’

Nawalpurfm

सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो

नवलपुर, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै

Nawalpurfm

धादिङबेंसी जोड्ने परेवाटार–मास्टार सडक खण्डमा आज ५ घण्टा गाडी बन्द

नवलपुर,असोज १७ । धादिङ सदरमुकाम धादिङबेंसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पक्की पुल बाढीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक

↑