एशियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दै
नवलपुर,असोज १७ । जापानमा चलिरहेको एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् । यो खेल निशिनमा रहेको करोगी स्पोट्र्स पार्कमा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ ।
यसअघि बिहीबार भएको दोस्रो सेमिफाइलनमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेट र भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा पुगेका हुन् । एशियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एशियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ ।
यस्तै सेमिफाइनलमा पराजित भएका बङ्गलादेश र श्रीलङ्काले पनि कास्य पदकका अहिले खेलिरहेका छन् । टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ ।
नेपाल एशियाली खेलकुदको क्वाटरफाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो ।

एशियाली खेलकुद क्रिकेट : स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने
नवलपुर, असोज १५ । जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका

फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनसिपबाट बाहिर
नवलपुर,असोज १५ । नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनसिपको आउँदो संस्करण

२०औँ एशियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान
नवलपुर,असोज १४ । जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले

.2026-10-03-07-49-59.jpeg)




.2026-09-28-08-06-21.jpeg)

प्रतिकृया दिनुहोस