उत्तरी कोरला नाकामा डीपीआर सर्भे भएको ४ वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण कार्य शुरु भएन
नवलपुर,मंसिर १३ । नेपाल–चीन उत्तरी मुस्ताङको कोरला नाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको ४ वर्ष पुग्न लागेको छ ।
तर पूर्वाधार निर्माण कार्य शुरु हुन सकेको छैन । २०७९ साल फागुनमा कोरला नाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डीपीआर सर्भे गरेको थियो ।
त्यसअघि नै नाकाको नेपालतर्फ झण्डै एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो । चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो ।
प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो ।
सितारा इन्टुसीप–फुलराइट जेभीले एक करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी डीपीआर सर्भे सम्पन्न गरेको थियो । प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम शुरु नहुनु दुःखद् भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो ।
चीनसँग सीमा जोडिएका नाकामध्ये कोरला नाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ ।
कोरला नाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ । गएको वर्ष यो नाकाबाट ६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको थियो ।

सार्वजनिक गाडीमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
नवलपुर,मंसिर १३ । काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा

आज उच्च हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
नवलपुर,मंसिर १३ । आज हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको

आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
नवलपुर,मंसिर १३ । आज हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको






प्रतिकृया दिनुहोस