-->

इजरायलमा नयाँ सरकार गठनको तयारी

Nawalpurfm

नवलपुर,मंसिर १३ । इजरायलमा नयाँ सरकार गठन गर्ने विषयमा कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता गादी आइसेनकोटबीच आज वार्ता हुँदैछ ।

नेतान्याहुले विपक्षी नेता आइसेनकोटलाई राष्ट्रिय एकताको सरकार गठन भएमा शुरुमा प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ । तर, सरकार गठनका विषयमा अहिलेसम्म कुनै ठोस सहमति जुटिसकेको छैन ।

नेतान्याहुको प्रस्तावप्रति इजरायलका राजनीतिक दल तथा नेताहरूको प्रतिक्रिया फरक फरक देखिएको छ । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले प्रस्तावलाई सकारात्मक रूपमा लिएपनि त्यसको वास्तविकता प्रमाणित हुनुपर्ने बताउनुभएको छ  ।

विपक्षी नेता याइर लापिडले भने यसलाई राजनीतिक चालको संज्ञा दिँदै अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ । इजरायलमा सरकार गठनका लागि आइसेनकोट पार्टीसँग डिसेम्बर ६ सम्मको समय छ ।

आवश्यक परे थप १४ दिन म्याद बढाउन सकिने व्यवस्था छ । १२० सदस्यीय इजरायली संसद्मा सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ ।

आज दिउँसो हुने नेतान्याहु र आइसेनकोटबीचको वार्तालाई गठबन्धन सरकार गठनको सम्भावनाबारे महत्वपूर्ण छलफलका रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

अस्ट्रेलियाका अनुसन्धानकर्ताले बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै

नवलपुर,मंसिर १२ । अस्ट्रेलियाका अनुसन्धानकर्ताले बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै बालबालिकामा देखिने बोली तथा

Nawalpurfm

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर थप बढाउने संकेत

नवलपुर,मंसिर ११ । अमेरिकामा मुद्रास्फीति बढ्दै गएपछि विश्व अर्थतन्त्रमा यसको प्रभाव पर्न सक्ने देखिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले

Nawalpurfm

विश्वभर हरेक वर्ष १ करोड २० लाख बालविवाह हुने गरेको तथ्याङ्क

नवलपुर,मंसिर ११ । विश्वभर हरेक वर्ष झण्डै १ करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघले

↑