अस्ट्रेलियाका अनुसन्धानकर्ताले बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै
नवलपुर,मंसिर १२ । अस्ट्रेलियाका अनुसन्धानकर्ताले बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै
बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियाका अनुसन्धानकर्ताले बृहत्त अनुसन्धान शुरु गरेका छन् ।
बालबालिकामा बोलीसम्बन्धी समस्याको पहिचान गरी समयमै निदान, उपचार तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने अनुसन्धानको उद्देश्य रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका १ हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ । मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने यो अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका समेटिनेछन् ।
मर्डोक बाल अनुसन्धान संस्थानले विज्ञप्तिमार्फत ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यो अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको पहिचान गर्नेछ । विश्वभर पूर्वप्राथमिक तहका झण्डै १० प्रतिशत बालबालिकाले बोल्न सिक्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्छन् ।
कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै जान्छन् भने केहीमा लामो समयसम्म कायम रहन सक्छन् । लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा असर पार्न सक्छ ।
स्पष्ट रूपमा बोल्न कठिनाइ हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग कुराकानी गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सहभागी हुन समस्या हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
यसअघि गरिएका विभिन्न अनुसन्धानमा केही दुर्लभ बोलीसम्बन्धी समस्यासँग सम्बन्धित एकल जिन पहिचान गरिएको थियो । तर, अहिले शुरु गरिएको अध्ययनले तुलनात्मक रूपमा धेरै बालबालिकामा देखिने समस्याको कारण पत्ता लगाउन केन्द्रित हुनेछ ।

इजरायलमा नयाँ सरकार गठनको तयारी
नवलपुर,मंसिर १३ । इजरायलमा नयाँ सरकार गठन गर्ने विषयमा कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता गादी आइसेनकोटबीच आज वार्ता

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर थप बढाउने संकेत
नवलपुर,मंसिर ११ । अमेरिकामा मुद्रास्फीति बढ्दै गएपछि विश्व अर्थतन्त्रमा यसको प्रभाव पर्न सक्ने देखिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले

विश्वभर हरेक वर्ष १ करोड २० लाख बालविवाह हुने गरेको तथ्याङ्क
नवलपुर,मंसिर ११ । विश्वभर हरेक वर्ष झण्डै १ करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघले






प्रतिकृया दिनुहोस