होल्डिङ सेन्टर नछाड्ने विस्थापितको अडान, बास र लालपुर्जाको माग
नवलपुर,मंसिर १२ । भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरुले बास र लालपुर्जाको टुंगो लगाउन माग गरेका छन् ।
बास र लाजपुर्जाको टुंगो लागेपछि मात्रै होल्डिङ सेन्टर छोड्ने उनीहरुको अडान छ । जिल्ला प्रशासनले होल्डिङ सेन्टर खाली गर्न हिजो दिउँसो २ बजेसम्मको समयसीमा सकिँदा पनि विस्थापित परिवार बाहिरिएका छैनन् ।
प्रशासनले हिजो बिहानैदेखि होल्डिङ सेन्टरमा खाना र पानीको व्यवस्था रोकेपछि विस्थापित परिवारले थाल ठटाएर विरोध जनाएका थिए । होल्डिङ सेन्टरमा रहेका १९ परिवारमध्ये सात परिवारको अन्यत्र जग्गा भेटिएको भक्तपुर प्रशासनले जनाएको छ ।
तीमध्ये चार परिवार आफ्नो जग्गा भएको जिल्लामा गइसकेका छन् । १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धताअनुसार भूस्वामित्वसहितको आवास, भत्काइएका घरटहराको क्षतिपूर्ति र निष्कासनका क्रममा भएका घटनाको छानबिन गर्न पनि विस्थापितहरुको माग छ ।
गएको वैशाख १२ गते सरकारले थापाथली, मनोहरा र सिनामंगललगायतका नदी किनारका बस्तीमा डोजर चलाएको थियो । त्यसपछि विस्थापित भएका परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।
त्यसबेला सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि ८ महिना बितिसक्दा पनि पुनःस्थापनाको टुंगो लागेको छैन ।

चितवनको घोप्टेभीर सडक खण्ड पूर्णरुपमा खुल्यो, तुइनखोलामा आजदेखि ५ घण्टा बन्द गरिँदै
नवलपुर,मंसिर १३ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर सडक खण्डमा हिजो बेलुकादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुग्लिन–नौबिसे सडकखण्डको

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
नवलपुर,मंसिर १३ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न

काठमाण्डौका विभिन्न क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
नवलपुर,मंसिर १२ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आजदेखि यही मंगलबार १५ गतेसम्म दैनिक पाँच घण्टा






प्रतिकृया दिनुहोस