काठमाण्डौका विभिन्न क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
नवलपुर,मंसिर १२ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आजदेखि यही मंगलबार १५ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ ।
काठमाण्डौ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक काम गर्नुपर्ने भएकाले ती क्षेत्रका फिडरहरूबाट आपूर्ति रोक्न लागिएको प्राधिकरणले जनाएको छ ।
जसअनुसार आउदो मंगलबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली अवरुद्ध हुनेछ । प्राधिकरणको तालिकाअनुसार आज आलोकनगर मार्ग, नापी विभाग र आसपासका क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ ।
यस्तै, भोलि आइतबार शंखमूल मार्ग, एभरेष्ट अस्पताल र मुक्ति टावर क्षेत्र, पर्सि सोमवार बुद्धनगर, बिजुलीबजार क्षेत्र र मंगलवार वडा नम्बर–३१ वडा कार्यालय तथा तिनकुने तरकारी बजार क्षेत्रमा बिजुली आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

चितवनको घोप्टेभीर सडक खण्ड पूर्णरुपमा खुल्यो, तुइनखोलामा आजदेखि ५ घण्टा बन्द गरिँदै
नवलपुर,मंसिर १३ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर सडक खण्डमा हिजो बेलुकादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुग्लिन–नौबिसे सडकखण्डको

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
नवलपुर,मंसिर १३ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न

होल्डिङ सेन्टर नछाड्ने विस्थापितको अडान, बास र लालपुर्जाको माग
नवलपुर,मंसिर १२ । भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरुले बास र लालपुर्जाको टुंगो लगाउन माग गरेका छन् । बास र लाजपुर्जाको






प्रतिकृया दिनुहोस