-->

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

Nawalpurfm

नवलपुर,मंसिर १२ । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

चालकसहित ४ जना घाइते भएका छन् । दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया रामशरादेबी सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर हिजो बेलुका सडकबाट झन्डै ५०० मिटर तल खसेको थियो ।

घाइते भएका चालक अछामको रामारोशन गाउँपालिका–४ का नविन बोहरासहित जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका बिउरा ओड, सिद्धा ओड र संगीता शाहीको कोल्टीमा रहेको आधारभूत अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

चितवनको घोप्टेभीर सडक खण्ड पूर्णरुपमा खुल्यो, तुइनखोलामा आजदेखि ५ घण्टा बन्द गरिँदै

नवलपुर,मंसिर १३ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर सडक खण्डमा हिजो बेलुकादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुग्लिन–नौबिसे सडकखण्डको

Nawalpurfm

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

नवलपुर,मंसिर १३ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न

Nawalpurfm

होल्डिङ सेन्टर नछाड्ने विस्थापितको अडान, बास र लालपुर्जाको माग

नवलपुर,मंसिर १२ । भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरुले बास र लालपुर्जाको टुंगो लगाउन माग गरेका छन् । बास र लाजपुर्जाको

↑