बोडेमा सुकुम्वासीले थाल ठटाएर प्रदर्शन गरे
नवलपुर,मंसिर ११ । भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका विस्थापित सुकुम्वासीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् ।
स्थानीय प्रशासनले सूचना निकालेर आज दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न भन्दै खाना दिन बन्द गरेपछि उनीहरूले विरोध जनाएका हुन् ।
आफूहरूलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सुकुम्वासीहरूले आक्रोश व्यक्त गरेका छन् ।
हिजो बिहीवार बेलुकी होल्डिङ सेन्टरमा पुगेर प्रहरीले आज दिउँसो २ बजेसम्म खाली गर्न माइकिङ गरेको थियो ।
काठमाण्डौ उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि विस्थापित सुकुम्वासी परिवार बोडेमा बस्दै आएका थिए ।
यसैबीच सुरक्षा स्थितिलाई ध्यानमा राख्दै प्रहरी टोली पनि बोडे पुगेको छ ।

चितवनको घोप्टेभीर सडक खण्ड पूर्णरुपमा खुल्यो, तुइनखोलामा आजदेखि ५ घण्टा बन्द गरिँदै
नवलपुर,मंसिर १३ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर सडक खण्डमा हिजो बेलुकादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुग्लिन–नौबिसे सडकखण्डको

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
नवलपुर,मंसिर १३ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न

होल्डिङ सेन्टर नछाड्ने विस्थापितको अडान, बास र लालपुर्जाको माग
नवलपुर,मंसिर १२ । भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरुले बास र लालपुर्जाको टुंगो लगाउन माग गरेका छन् । बास र लाजपुर्जाको






प्रतिकृया दिनुहोस