-->

नेपाली काँग्रेस नवलपुर क्षेत्र नं १ (ख)को मत परिणाम सर्वजनिक,सभापतिमा एकदेव पौडेलले बिजयी

Nawalpurfm

नवलपुर,असोज १४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र (ख) को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

अन्तिम मत परिणामअनुसार सभापति पदमा एकदेव पौडेल ३ सय ६० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी शिवलाल सापकोटाले २ सय ८७ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै सचिव पदमा उमाकान्त भुसाल ३ सय १५ मतसहित निर्वाचित हुनुभएको छ। यस्तै गणेश गुरुङले १ सय ७७ र गगाधर न्यौपानेले १ सय ३८ मत प्राप्त गर्नुभएको छ।

यसैगरी प्रदेशसभा क्षेत्र (ख) कार्यसमिति सदस्यको खुलातर्फ लोकप्रसाद भुर्तेलले ४ सय ६७, धर्मराज बस्यालले ४ सय ५६, आनन्द गुरुङले ४ सय ४२, श्याम बास्टाकोटीले ४ सय ४२, शिवप्रसाद पाण्डेले ४ सय ३, विष्णु प्रसाद पोख्रेलले ३ सय ९०, देवेन्द्रप्रसाद शर्माले ३ सय ८९, मोहनसिंह खण्डलुकले ३ सय ८४, पुष्पराज लामिछानेले ३ सय ७७ र विष्णुराज बगालेले ३ सय १७ मत प्राप्त गर्नुभएको छ।

आदिवासी जनजातीतर्फ जगतबहादुर थापा मगरले ३ सय २५ र चेतबहादुर गोदामी मगरले २ सय ८८ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै खस आर्यतर्फ बलिराम सापकोटाले ४ सय १३ र योगप्रसाद शर्माले २ सय २० मत प्राप्त गर्नुभएको अन्तिम मत परिणाममा उल्लेख छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

ब्रेक फेल भएर दाउन्नेमा बस पल्टिँदा ४ को मृत्यु, ११ घाइते

नवलपुर,असोज १७ । ब्रेक फेल भएर बस पल्टिँदा दाउन्नेमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं हिँडेको बस

Nawalpurfm

देवचुलीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी

नवलपुर, असोज १६ । देवचुली नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाको टोलीले देवचुलीका

Nawalpurfm

विनयी त्रिवेणी आधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

नवलपुर, असोज १६ । विनयी त्रिवेणी आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता सम्पन्न भएको

↑