महिला खुलातर्फ महाधिवेशन प्रतिनिधिमा लक्ष्मीदेवी पाण्डेको उम्मेदवारी
नवलपुर,असोज १३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. २ बाट महिला खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा लक्ष्मीदेवी पाण्डेले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।
पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको पाण्डेले बताउनुभएको छ। उहाँले न्याय, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै पार्टीलाई जनताको भावना र आवश्यकतासँग अझ नजिक बनाउने आफ्नो एजेन्डा रहेको बताउनुभएको छ।
हुप्सेकोट गाउँपालिकाको अध्यक्षका रूपमा २०७४ र २०७९ सालमा दुई कार्यकाल नेतृत्व गर्नुभएकी पाण्डेले स्थानीय तहको नेतृत्वसँगै गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको छ।
स्थानीय तहमा हासिल गरेको अनुभवलाई पार्टी संगठन र नेतृत्व निर्माणमा उपयोग गर्ने उहाँको भनाइ छ। अग्रजको अनुभव र युवाको ऊर्जालाई एकसाथ अघि बढाउँदै कांग्रेसभित्र एकता, सहकार्य र नयाँ पुस्ताको नेतृत्व विकासमा जोड दिने पाण्डेले बताउनुभएको छ।
महिला सहभागिता र नेतृत्वलाई थप प्रभावकारी बनाउने, जनताका सवाललाई पार्टीको प्राथमिकतामा राख्ने तथा संगठनलाई वडा तहदेखि नै थप मजबुत बनाउने विषयलाई समेत उहाँले आफ्नो प्राथमिकतामा राख्नुभएको छ।
आफ्नो उम्मेदवारीलाई साथ दिन आग्रह गर्दै पाण्डेले नवलपुर क्षेत्र नं. २ का कांग्रेस प्रतिनिधिहरूलाई महिला खुलातर्फ आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन अनुरोध गर्नुभएको छ।
.2026-10-03-07-49-59.jpeg)
ब्रेक फेल भएर दाउन्नेमा बस पल्टिँदा ४ को मृत्यु, ११ घाइते
नवलपुर,असोज १७ । ब्रेक फेल भएर बस पल्टिँदा दाउन्नेमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं हिँडेको बस

देवचुलीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी
नवलपुर, असोज १६ । देवचुली नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाको टोलीले देवचुलीका

विनयी त्रिवेणी आधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता
नवलपुर, असोज १६ । विनयी त्रिवेणी आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता सम्पन्न भएको



.2026-09-28-08-06-21.jpeg)

प्रतिकृया दिनुहोस