कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक सय नाघ्यो, आपतकालीन अवस्था
नवलपुर,साउन २६ । कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परी कम्तिमा एक सय ११ जनाको ज्यान गएको छ ।
भत्किएका भवनहरू मुनि अझै धेरै फसेको आशंका गरिएकोले ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो ।
भूकम्प ७.४ म्याग्निच्युडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रेकर्ड भएको छ । ठूलो संख्यामा उद्धार टोलीहरू भग्नावशेषमा फसेकाको उद्धारका लागि खटिएका छन् ।
कोलम्बियाको चोको प्रान्तका गभर्नरले प्रान्तीय राजधानी किब्दोमा गम्भीर क्षति पुगेको सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । पश्चिमी कोलम्बियाका छ वटा साना विमानस्थलले सञ्चालन स्थगित गरेको नागरिक उड्डयन निकायले जनाएको छ ।
अहिले त्यहाँ आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन
नवलपुर,साउन २८ । चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको छ । उहाँले सन् १९९८ देखि सन २००३ सम्म ५ वर्ष चीनको दोस्रो सर्वोच्च

आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी
नवलपुर,साउन २५ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि नखोल्ने चेतावनी दिएको छ ।

हर्मुज जलमार्ग खुलाउने विषयमा इरान र ओमानबीच भइरहेको वार्ता सकारात्मक
नवलपुर,साउन २४ । इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको ओमानले जनाएको छ । ओमानको विदेश





प्रतिकृया दिनुहोस