कविवर विनोदीको नागरिक अभिनन्दन

SITENAME

नवलपुर, पुस २८ ।

अजय पौडेल ,

विजय खबर पत्रिकाका संस्थापक प्रधानसम्पादक तथा कविवर गोविन्दराज विनोदीलाई गैंडाकोटमा नागरिक अभिनन्दन गरिएकोछ ।ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैंडाकोटले शनिवार जनक माध्यमिक विद्यालय गैंडाकोटमा अभिनन्दन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ सहित्यकार एवं त्रिविका पुर्व उपकुलपति वासुदेव त्रिपाठीले देशकै १० जना कविहरुमा विनोदी पर्ने बताउनुभयो ।


कार्यक्रममा विभिन्न सहित्यकार संघ–संस्था, कलेज तथा विद्यालयको तर्फबाट सम्मान तथा अभिनन्दन गरिएको थियो । गंैडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलले अब बस्ने नगर सभामा नगर भित्र रहेका यस्ता ख्याती प्राप्त व्यक्तीहरुलाई सम्मान गर्ने बताउनु भयो ।

 

अभिनन्दन कार्यक्रममा शब्द र कवितामा बोल्दै कवि गोविन्दराज विनोदीले सम्मानका लागि सम्मानमा समावेश सम्पुर्णलाई धन्यावाद ज्ञापन गर्नुभयो ।कार्यक्रममा “गोविन्दराज विनोदी ः जीवन र सृष्टि” नामक ग्रन्थ लोकार्पण गरिएको थियो । कृति माथिको समिक्षा गर्दै प्रा।डा। गणेश खनालले विनोदी सवैको प्रेरणाको स्रोत रहेको बताउनुभयो । कार्यक्रममा शिक्षाविद् रमाकान्त सापकोटा, मानव अधिकार तथा शान्ती समाजका पुर्व अध्यक्ष डा। गंगाधर अधिकारी, प्रध्यापक डाक्टर महादेव अवस्थी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैंडाकोटका उपाध्याक्ष डि।आर पोखरेलले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रमको सहजिकरण प्रतिष्ठानका सल्लाहकार गोविन्दराज कोईरालाले गर्नुभएको थियो । कार्यक्रममा चर्चित साहित्यकार एवं स्रस्टाहरुले विनोदी प्रति समर्पित रचना वाचन गरेका थिए । कार्यक्रममा बिभिन्न प्रतिष्ठित साहित्यकार, बिभिन्न संघ संस्थाका प्रतिनिधि संगै स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ