कावासोतीमा ३८ जना अपाङ्गता भएका व्यक्ति सम्मानित

SITENAME

निशा भण्डारी , नवलपुर २७ ।

 

कावासोती नगरपालिका वडा न. १२ मा आज अपाङ्ग सम्मान तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं १२ मा  कति अपाङ्गता भएका व्यक्ति छन् यसको जानकारी पनि हुने र उनीहरुलाई सम्मान पनि गर्ने उद्धेस्यका साथ आज सो कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष खेम प्रसाद काफ्लेले बताउनु भयो ।

 

 

 

 

अपाङ्गता समितीको अध्यक्ष लोकनाथ काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालीकाका उपप्रमुख प्रेमशकर मर्दनीया प्रमुख अतिथी रहनु भएको थियो ।

 

 

 

 

 

 

कार्यक्रममा वोल्दै प्रमुख अतिथि मर्दनियाले अपाङ्गताको क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा कावासोती १२ का वडा अध्यक्ष  खेम प्रसाद काफ्ले , जिल्ला समन्वय समितीको सदस्य ज्ञानु मायाँ शर्मा विषेश अतिथी रहनु भएको थियो ।

 

 

 

 

वडामा रहेका सवै अपाङ्गता ब्यक्तीहरुलाई सम्मान स्वरुप न्यानो कपडा,स्वास्थ साम्रागी तथा आँैषधि समेत वितरण गरिएको थियो । जसमा ३८ जना अपाङ्गता भएका व्यक्तीहरुले सो सामग्री प्राप्त गरेका छन् । वडामा विनियोजन रकम मध्य अपाङ्गताका लागी ५५ हजार छुट्टाईएको अध्यक्ष काफ्लेले बताउनु भयो । अवका दिनमा अपाङ्गता भएका व्यक्तीहरुका लागी जिवन जिउने कला समेत प्रदान गर्नका लागी नगरपालीका सँग पहल गरेर अगाडि बढ्ने काफलेको भनाई छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ