खिचरी साँस्कृतिक महोत्सव ,गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गुरूङले समुदघाटन गर्ने

SITENAME

नवलपुर ,पुस २७।

नवलपुरको डण्डामा आजदेखि माघि खिचरी साँस्कृतिक महोत्सव सुरु हुदैछ । प्रथम संस्करणको सो महोत्सव गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले समुद्घघाटन गर्ने भएका छन् । ललपुरिया थारूहरूले हर्षाेल्लासका साथ यो खिचरी अर्थात माघि महोत्सव मनाउन लागिएको थारू कल्याणकारी सभाका अध्यक्ष रामप्रसाद महत्तोले जानकारी गराए ।                            

आज (शुक्रबार ) बाट ६ गतेसम्म दश दिनसम्म संचालनहुने माघि महोत्सवले यस भेगका थारूहरूको खानाको परिकार, पहिचान र संस्कृति झल्कने एवं संङग्राहालयको माध्यमबाट पर्यटन  विकासमा टेवापुग्ने लक्ष्य लिईएको छ । देशकै मध्यभागमा रहेको कावासोती नगरपालिका १६ सहिद नगर डण्डा बजारको थारू संङग्राहालय परिसर भीत्र महोत्सवको आयोजना गरिएको छ ।                          

खिचरीका अतिरिक्त १ सय पचास ब्यबसायीक स्टल राखिने हुंदा २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजक थारू कल्याणकारी सभा नवलपुरले जानकारी गराएको छ ।    

महोत्सवमा थारूजातीको गौरव प्रथम राष्ट्रिय माघि डान्स आईडल समेत अनयोजना गरिएको संचार संयोजक नेत्र थनैतले बताए । गण्डकी प्रदेशको कृषि पकेट क्षेत्रको रूपमा नवलपुरको परिचय दिन धर्तिपुत्र थारूहरू लागिपरेको उनले उल्लेख गरे ।                        

माघि महोत्सवमा थारू र अन्य राष्ट्रिय कलाकारहरूको जोडदार प्रस्तुति रहने तथा खेलकुद र  सामाजिक सेवाका कार्यहरू समेत संचालन गरिने आयोजकले जानकारी गराएको छ ।
आज

 

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ