बरिष्ठ साहित्यकार गोबिन्द राज बिनोदीलाई नागरिक अभिन्नदन गरिने

SITENAME


नवलपुर , पुस २६ ।

 

नेपाली साहित्यमा पुर्याएको योगदानको कदर गर्दे बरिष्ठ साहित्यकार गोबिन्द राज बिनोदी लाई नागरिक अभिन्नदन गरिने भएको छ ।

नेपाली साहित्यको संरक्षण र उत्थानका लागी उहाले गर्नु भएको योगदानको चर्चा गर्दै उहाको कदर स्वरुप नागरिक अभिनन्दन गर्न लागिएको हो । जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरि यहि २८ गते घरदेखी जनक कलेज सम्म रथ यात्रा गरी उहालाई अभिनन्दन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । साहित्य क्षेत्रमा निकै क्रियासिल बिनोदी नेपाली साहित्यका एक धरोहर हुनुहुन्छ ।

 

उहा सुर्यभत्त पतनादेबि म्यामोरियल कलेजका प्रमुख समेत हुनुहुन्छ । गोविन्दराज विनोदी ः जीवन र सृष्टि” नामक ग्रन्थ सो अवसरमा लोकार्पण गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले जानकारी दिनुभयो । त्यस दिन उहाको जन्मदिन समेत  परेको छ  । सो कार्यक्रम प्राज्ञ प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा हुने उहाँले जानकारी दिनुभयो । २०६९ सालमा गैंडाकोटमा स्थापित प्रतिष्ठानले विभिन्न सम्मान, ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सिविर, विभिन्न स्रष्टाहरुको लोकोपकारी कृतिहरु प्रकाशन गर्दै आईरहेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ