नवलपुर जिल्ला लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाईन्ट बन्दै

SITENAME


नवलपुर , पुस २६


लागु औषध दुव्यर्सन एक घरपरिवारको मात्र नभएर अन्र्तराष्ट्रिय जगतमा नै समस्याको बिषय बन्दै गएको छ । नेपालमा मात्र १ लाख ५६ हजार भन्दा बढी युवाहरु यसको दलदलमा फसेको तथ्याङ्ग गृहमन्त्रालयले देखाएको छ । यसको तथ्याङ्ग बार्षिक ११।३६ प्रतिशतको दरले बढी रहेको छ।
विहिवार पूर्वी नवलपरासीमा लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रममा गृह मन्त्रालयका सहसचिव एवं लागु औषध नियन्त्रण शाखाका अधिकारी नारायण प्रसाद शर्मा दुवाडिले सो कुराको जानकारी दिनुभएको हो ।।


अभिमुखीकरण कार्यक्रममा बोल्दै सह– सचिव दवाडीले ५७ प्रतिशत सुई ,सिरिन्जमार्फत लागु औषध प्रयोग गर्ने रहेको र १६ देखी पच्चिस वर्ष उमेर समूहका पचास हजार बढी युवा रहेको बताउनुभयो । उहॉका अनुसार लागु औषध प्रयोग गर्ने पुरुषको तुलनामा महिलाको संख्या न्यून रहेको छ । लागु औषध प्रयोग गर्ने पुरुष ९३ प्रतिशत र महिला झण्डै सात प्रतिशतको संख्यामा रहेका छन् । लागु औषधका कारण व्यक्तिगत र पारिवारिक प्रभाव संगै सामाजिक ,आर्थिक,शान्ति सुव्यवस्थामा समेत प्रभाव पर्ने भन्दै गृह मन्त्रालयले यसको नियन्त्रणमा लागि परेको भन्दै स्थानीय स्तरमा समेत योजना वनाउन आग्रह गर्नुभयो ।


लागु औषध नियन्त्रण शाखाका अनुसार वि।स। २०६३ सालमा लागु औषध दुव्र्यसनीको संख्या छ्यालीस हजार ३०९ रहेकोमा वि।स। २०६९ मा यो संख्या बढेर एकानब्बे हजार ५३४ पुगेको छ । 
लागु औषधको दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रणका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न स्थानिय सरकारको भुमिका विषयमा छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नवलपुर जिल्लामा लागुऔषध प्रयोगकर्ता नभए पनि ओसारपसारको ट्रान्जिट प्वाईन्ट बन्दै गएको नवलपुरका प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभएको थियो ।। नवलपुर प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५÷७६ को मंसिर मसान्तसम्म लागुऔषध सहित ४० जना पक्राउ परेका छन ।। लागुऔषधको ओसारपसारमा १६ देखि २५ वर्ष उमेर समुहका युवाहरु संलग्न रहेको र प्रयोगकर्ताहरु पनि स्कुल र क्याम्पस पढ्ने विद्यार्थीहरु भएको प्रहरीले जनाएको छ ।

 जिल्लाका सरकारी, गैह्र सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहको कार्यक्रममा बोल्ने अधिकाशंले विद्यालय तहमा सचेतना ,यसको प्रयोग गर्दा हुने असर र कानुनी ज्ञानका विषयमा अभियान चलाउने पर्नेमा जोड दिएका थिए । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रालयका सहसचिब। नारायण प्रसाद शर्मा दवाडि प्रमुख अतिथी रहनुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ