नवलपरासीमा विद्यालय जाँदै गरेकी छात्रा माथि चक्कु प्रहार

SITENAME


नवलपुर पुस २६


रबिन्द्र यादव ,नवलपरासी पश्चिम 

२६ पुसर नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ पिपरपाती( सुर्यपुरा सडक खण्डमा बिहीबार बिहान करिब ९ बजे एक छात्रा माथी चक्कु प्रहार भएको छ । चक्कु प्रहार बाट छात्रा सामान्य घाइते भएकी छिन । उक्त छात्राको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ । अहिले छात्राको स्थानिय क्लिनिकमा उपचार भइरहेको परिवारले जनाएको छ ।

साइकल बाट विद्यालय जाँदै गरेकी अनिता केवट माथी उखुबारीमा कालो पट्टीले मुख बाधेर लुकेर बसेका तीन जनाको समुहले एक्कासि चक्कु प्रहार गरेको र जबर्जस्ती उखुबारीमा लग्न खोजिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

तिनै अज्ञात ब्यक्तिहरुको खोजि कार्य भइरहेको नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।घाइते छात्रा गणेश मावि जगर्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ