संघीयता शासन परिवर्तन मात्र नभएर गुणात्मक परिवर्तनको शासन प्रणाली भएको दाबी  : नेकपाका अध्यक्ष प्रचण्ड

SITENAME

 नवलपुर , पुस २५ 

 

पूर्व प्रधानमंत्री एवं नेपाल  कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल  दाहाल  प्रचण्डले अहिलेको संघीयता शासन परिवर्तन मात्र नभएर गुणात्मक परिवर्तनको शासन प्रणाली भएको   दाबी गरेका छन् । बुधवार बिहान देबचुली ११ कुुनाघाटमा बामपंथी नेता ठाकुर  प्रसाद   चापागाईलाई परेको मातृशोकमा समवेदना  प्रकट गर्न आएका अध्यक्ष प्रचण्डले  राणा शाशनवाट शाही शासन, शाही शासनवाट संबैधानिक राजसंस्था या बहुदलीय ब्यवस्था आएजस्तो मात्र नभएर एउटा नयाँ पद्धति र परिस्थिति बोकेर  आएको दावी गरे ।

 

उनले संघीयताका चुनौतीका  वारेमा बोल्दै यो प्रणालीले शान्ति र सम्बृद्धि दिन्छ वा बिकास  र निर्माणलाई सम्वोधन गर्दै मुलुकलाई एउटा समृद्ध  राष्ट्रमा वदल्न सक्छ त भन्ने प्रश्न अझै पनि  रहेको र अर्कातिर एकथरी राजा महाराजाका पक्षपोषण गर्ने मानिसहरुको समूह यो परिवर्तन नचाहेको स्थिति नेपाली राजनितिको परिघटनामा देखिएको समेत बताए ।

 

उनले देवचुली नगरपालिकालाई पूर्वाधार सहितको नगरपालिका बनाउनमा लाग्नुपर्नेमा जोड दिएका छन् । करीव ४० वर्ष अगाडी पञ्चायती कालमा  भूमिगत अवस्थामा आफू पूर्णकालिन राजनितिमा लाग्दा नवलपरासीका यिनै पूर्बी गाउमा धेरै दिन बिताएको स्मरण गर्दै  यस ठाउँसँग आफ्नो भवनात्मक सम्वन्ध समेत भएको अनुभुति सुनाउँदै उनले भने यस ठाउको बिकास त  राम्रै भएको रहेछ  पहिले पहिले पैदल  हिडेरै संगठन गरेको यहा बाटोघाटो पिच भैसकेको रहेछ घरहरु पनि धेरै पक्की भैसकेका रहेछन् भन्दै यहाँ भौतिक पूर्वाधारको अझ धेरै बिकास गर्ने, उद्योग धन्दा, कल कारखानाको बिकास गरेर हाम्रा युवाहरुका निम्ति रोजगारीको सृष्टि गर्ने, आवश्यकता छदैछ त्यसकारण मैले मेरो जवानीका युवावस्थाका समय बिताएको यस ठाउँको बिकासको निम्ति केन्द्रबाट सघाउनेछु ।

 

अध्यक्ष प्रचण्डले अव समृद्ध मुलुक  निर्माणका लागी यही रोजगारी  सृष्टि  गर्न र उत्पादन बृद्धि गर्ने अभियानमा यतिवेला आफुहरु रहेको बताएका छन् । 
 

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

SITENAME

 त्रिशूली नदीमा ट्रक खस्यो चालक बेपत्ता

  नवलपुर , माघ ७ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रक इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । आइतबार राति ११ः२५ बजे ना ३ ख

SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित