गण्डकी प्रदेशका मुख्यमन्त्रीले साउन यताको भत्ता मात्रै ३ लाख बुझे

SITENAME

नवलपुर , पुस २४

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चालु आर्थिक वर्षको साउन महिनादेखि पुससम्म भ्रमण भत्ता बापत करिब तीन लाख रुपैयाँ बुझेका छन्। प्रदेशको राजधानी पोखरा बाहिर आउजाउ गर्दा सबैभन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री गुरुङ नै एक नम्बरमा  रहेका छन्। उनले दुई लाख ९२ हजार दुईसय ५० रुपैयाँ भत्ता बापतको पैसा बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । त्यसपछि अर्को नम्बरमा  धेरै भत्ता बुझ्नमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ रहेका छन्। उनले पनि यही अबधिमा ९६ हजार आठ सय ७५ रुपैयाँ बुझेका छन्। तेस्रो नम्बरमा धेरै दैनिक भ्रमण भत्ता बुझ्नेमा प्रदेश सरकारका प्रवत्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत परेका छन। उनले ९६ हजार छ सय ५० रुपैयाँ बुझिसकेका छन्। चौँथो धेरै भ्रमण भत्ता बुझ्ने मन्त्रीमा हरि बहादुर चुमान रहेका छन ।। आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानले  ७४ हजार तीनसय ७५ रुपैयाँ बुझेका छन्। पाचौँ भत्ता बुझ्ने मन्त्री हुन विकास लम्साल । उद्योग पर्यटन वन वावरण मन्त्री लम्सालले साउन महिना यता दैनिक भ्रमण भत्ता बापत ५४ हजार तीन सय १० रुपैयाँ बुझेका छन्। छैटौँ नम्बरमा धेरै भत्ता लिने लिस्टमा छन भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा । उनले यस अवधिमा ४८ हजार आठसय ७५ रुपैयाँ बुझेका छन् । उनी यस सरकारमा सबै भन्दा कम भत्ता लिनेमा दोस्रो नम्बरमा छन्। गण्डकी सरकारका सात मन्त्री मध्ये सबै भन्दा कम दैनिक भ्रमण भत्ता बुझ्ने मन्त्री हुन नरदेवी पुन मगर रहेकी छन  सामाजिक विकास मन्त्री मगरले साउन महिना यता जम्मा २० हजार रुपैयाँ बुझेकी छन्। सरकारका मन्त्रीहरुलाई राजधानी भएको जिल्ला बाहेकका १० वटा जिल्लासँगै विदेश जाँदा समेत भत्ता दिने ब्यवस्था गरिएको छ । यस बाहेक मन्त्रीहरुले नियमित तलबसँगै चाडवाड मनाउन खर्चसमेत सरकारसँग लिने गरेका छन्।   मन्त्रीहरुसँगै उनका राजनीतिक सल्लाहकार र स्वकीय सचिवहरुले पनि भत्ता बुझ्ने गरेका छन । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द बहादुर नेपालीले १३ हजार पाँचसय २५ रुपैयाँ बुझेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। 


गण्डकी प्रदेश सरकारमा मन्त्रीको भन्दा मन्त्रीका स्वकीय सचिव र कार्यालय सहयोगीहरुले धेरै भत्ता बुझेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका स्वकीय सचिव निर्मल गुरुङले सामाजिक विकास मन्त्री नरदेवी पुनको भन्दा पनि धेरै दैनिक भ्रमण भत्ता बुझेका छन्। साउन महिनायता मन्त्री पुनले २० हजार रुपैयाँ बुझेकी छन् भने गुरुङले ३६ हजार रुपैयाँ बुझिसकेका छन्।  त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङका स्वकीय सचिव रोमाकान्त पोखरेल पनि मन्त्री पुनको भन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा दोस्रो नम्बरमा छन्। उनले २८ हजार बुझेका छन्। त्यस्तै कानुन मन्त्री हरि बहादुर चुमानका स्वकीय सचिव खुमबहादुर विक धेरै दैनिक भ्रमण भत्ता बुझ्नेमा तेस्रो नम्बरमा छन्। उनले मन्त्री पुनको भन्दा पाँच हजार २ सय रुपैया बढि बुझेका छन्। अर्काे धेरै भत्ता बुझ्नेमा उद्योग पर्यटन वन वातावरण मन्त्रीका स्वकीय सचिव किशोर सापकोटा छन् । उनले पनि मन्त्री पुनको भन्दा धेरै रकम बुझेका छन्। उनले जम्मा २१ हजार छ सय रुपैयाँ बुझेका छन्। भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रीका स्वकीय सचिव भरत खनालले पनि १९ हजार २ सय दैनिक भ्रमण भत्ता बुझेका छन्। 
 

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

SITENAME

 त्रिशूली नदीमा ट्रक खस्यो चालक बेपत्ता

  नवलपुर , माघ ७ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रक इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । आइतबार राति ११ः२५ बजे ना ३ ख

SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित