कावासोतीको सय विद्यार्थीलाई न्यानो कपडा वितरण

SITENAME

निशा भण्डारी ,नवलपुर पुस २२ ।

 

रोटरी क्लव अफ नवलपुर कावासोतीको आयोजनामा  न्यानो कपडा वितरण कार्यक्रम आज सम्पन्न गरिएको छ । कावासोती वडा नं ७ साडको  सरस्वती प्रा.वि र सुर्यादय प्रा.वि विद्यालयमा अध्यनरत विद्याथीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । यी २ विद्यालयमा अध्यनरत एक सय विद्यार्थीहरुलाई न्यानो कपडा प्रधान गरिएको हो । संस्थाको अध्यक्ष दुर्गा रिजालको अध्यक्ष्तामा गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कार्यक्रम संयोजक महेन्द्र पोखरेल, वडा नं. ७ का वडाध्यक्ष नन्द कुमार गुरौ लगायत रहनुभएको थियो । कार्यक्रमा वोल्दै नेपालले यी विद्यालयको भौतीक संरचना कम्जोर रहेकाले यसलाई व्यवस्थीत गर्न प्रतिवद्धता जनाउनु भएको थियो ।  

 

 

रोटरी क्लव अफ नवलपुर कावासोतीले शिक्षा स्वास्थलाई विषेश जोड्दिने क्रममा गरिव तथा जेहेन्दार परिवारका वालवालीकालाई यो जाडोको समयमा पढ्नकालागी सहज होस् भनेर न्यानो कपडाको वितरण गरेको संस्थाको अध्यक्ष दुर्गा रिजालले बताउनु भयो । यसरी कावासोतीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्य यी २ विद्यालयका विद्यार्थीहरुको आर्थीक अवस्था कम्जोर रहेकाले यी विद्यालयका विद्यार्थीलाई छानेर न्यानो कपडा वितरण गरिएको रिजालको भनाई छ ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ