चितवन राष्ट्रिय निकुञ्ज आजबाट प्लाष्टिक मुक्त, कार्यान्वयनमा चुनौती

SITENAME

चितवन, पुस १७ ।

 

चितवन राष्ट्रिय निकुञ्जलाई आज (मंगलबार)देखी प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ ।

 

अँग्रेजी नयाँ वर्षको सुरुवातको अवसरमा सौराहामा एक कार्यक्रमबीच चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभासद तथा वातावरण समितिकी सभापति रमा आले मगरले निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिन् ।

 

सो क्रममा बोल्दै मगरले प्लाष्टिक मुक्त क्षेत्र घोषणा अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन् । उनले प्लाष्टिकलाई पूर्ण रुपमा निषेध गर्न नसकिएपनि पुनः प्रयोगमा ध्यान दिइनुपर्ने बताइन् । “प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन कठिन हुन सक्छ, तर यसको पुनः प्रयोगमा ध्यान दिए धेरै समस्या समाधान हुन सक्छ”–सभापति मगरले भनिन् । उनले प्रदेश सरकारले प्लाष्टिक प्रशोधनका लागि चितवन र मकवानपुरको सिमानामा डिजेल प्लान्ट निर्माणको तयारी गरिरहेको जानकारी दिइन् ।

 

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभासद कृष्ण भुर्तेलले चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणालाई पूर्ण रुपमा कार्यान्वयन गराउन चितवनमा मात्र नभई अन्य जिल्लामा पनि प्लाष्टिक निषेधित गर्नुपर्ने धारण व्यक्त गरे । उनले भने–“सौराहामा मात्रै प्लाष्टिक रोकेर हुँदैन, विभिन्न जिल्ला भएर बग्ने नदीबाट आउने प्लाष्टिकले पनि जीवजन्तुलाई असर गर्छ त्यता तर्फ पनि सबैले ध्यान दिनुपर्छ ।” उनले यस अभियानलाई सफल बनाउन जनचेतना मुलक कार्यक्रमहरु पनि आवश्यक रहेको बताए ।

 

प्रदेश सभासद रामलाल महतोले प्लाष्टिक मुक्त क्षेत्र अभियानलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । उनले निकुञ्ज प्रवेश गर्ने पर्यटक र आसपासमा बस्ने बासिन्दालाई यसबारे सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले गुट्खालगायतका प्लाष्टिकजन्य चिजहरुलाई पूर्ण रुपमा प्रतिवन्ध लगाउनुपर्ने बताए । उनले चितवनको नारायणी र राप्ती नदीमा विभिन्न नदीहरु मिसिएकोले ती नदीहरुमा पनि प्लाष्टिक फाल्नमा रोक लगाउन सम्बन्धित क्षे त्रहरुले पनि ध्यान दिनुपर्ने बताए । उनले भने–“चितवन निकुञ्ज प्रदेश २ र ४ लाई पनि छोएको छ, ती प्रदेशले पनि प्लाष्टिक निषेधमा सहयोग गर्नुपर्छ ।”

 

कार्यक्रममा बोल्दै संघीय वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले प्लाष्टिकलाई नेपालमा पूर्ण रुपमा प्रतिवन्ध लगाउन आवश्यक रहेको बताए । उनले भने–“प्लाष्टिक प्रशोधनको कुराले झनै प्लाष्टिकजन्य चिजहरुको उत्पादन हुन्छ, यसले समस्या झन बढ्न सक्छ ।”

 

उनले चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्दैमा सबै कुरा पुरा नभएको भन्दै यस अभियानलाई सफल बनाउन केन्द्रीय सरकारले नीति कानुन बनाउनेदेखि लिएर कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्ने दिशामा लैजान विशेष भुमिका खेल्ने बताए ।

 

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, राष्ट्रिय प्रकृति संरक्षण कोषकी निर्देशक सरिता ज्ञवाली, विश्व वन्यजन्तु कोषका प्रतिनिधि डा.घनश्याम गुरुङ, तराई बोटलर्स नेपाल लिमिटेडकी प्रतिनिधि एरिना गुरुङ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष केशव देवकोटा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले प्लाष्टिक मुक्त क्षेत्र घोषणा कार्यक्रमको चुनौती र चरणहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने हिमालायन क्लाइमेट इनिसिएटिभकी सिईओ शिसिला आचार्यले प्लाष्टिकले जीवजन्तुमा पारेको असर र विश्वमा भईरहेको नियन्त्रणका प्रयासहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

 

प्लाष्टिक मुक्त अभियान शुभारम्भसंगै निकुञ्ज भित्र प्लाष्टिकका झोला नलगी, लगेमा प्लाष्टिकका बोतल फिर्ता ल्याउने र अन्य प्लाष्टिकजन्य वस्तु तोकिएको स्थानका डस्टविनहरुमा राख्नका लागि निकुञ्जले अपिल गरेको छ ।

 

प्लाष्टिक मुक्त निकुञ्ज अभियानलाई सफल बनाउन कोका कोला, हिमालायन क्लाइमेट इनिसिएटिभ, राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लु डब्लु.एफ नेपालले सहकार्य गरेको छ । शुभारम्भ कार्यक्रम मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्रोत : नारायणी अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

SITENAME

 त्रिशूली नदीमा ट्रक खस्यो चालक बेपत्ता

  नवलपुर , माघ ७ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रक इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । आइतबार राति ११ः२५ बजे ना ३ ख

SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित