नवलपुरमा पनि  राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै

SITENAME

 

नवलपुर , पुस १६ ।


आज पुस १६ अर्थात् ४१ औं राष्ट्रिय मेलमिलाप दिवस । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएका थिए ।

आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।

त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए ।

जननायक बीपी कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको भएको यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

त्यतिबेला तत्कालीन राज्यसत्ताले उनलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ । यसै सन्दर्भमा नवलपुर कांग्रेस र उसका भ्रातृ संगठनले कावासोतीमा  विभिन्नर्यक्रम गरी यो दिवस मनाउने तयारी गर्दै छन्।

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

SITENAME

 त्रिशूली नदीमा ट्रक खस्यो चालक बेपत्ता

  नवलपुर , माघ ७ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रक इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । आइतबार राति ११ः२५ बजे ना ३ ख

SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित