देवचुलीमा उपमेयरकप को उद्घाटन, उद्घाटन खेलमा शान्ति दिप विजयी

SITENAME

नवलपुर, पुष १५ ।


देवचुली नगरपालिकामा प्रथम उपमेयरकप तथा २४ औँ जिल्लास्तरीय भलिबल प्रतियोगिता आइतबार उद्घाटन गरिएको छ । प्रतियोगिताको आज एक समारोहका बीच देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । 

 

कार्यक्रममा बिशेष अतिथिका रुपमा नगर उपप्रमुख पार्वता तिवारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास केसी, जिल्ला भलिबल संघका अध्यक्ष सेतमान पुन, बिभिन्न वडाका वडाध्यक्ष रहनुभएको थियो ।

 

 


कार्यक्रममा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समिति का कार्यवाहक अध्यक्ष सुवास चन्द्र ओझाको सभापतित्व र देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नगरपालिकाले खेलकुदको बिकासको लागी सधै लागिपर्ने साथै नगरमा पुरुष खेलका लागी मात्रै नभई महिला खेलको पनि बिकास गरिने बताउनु भयो । यसैगरी आफ्ना शुभकामना मन्तब्य राख्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिकास केसीले नगरपालिकाले प्रतियोगिता आयोजना गर्दा जिल्ला खेलकुद विकास समितिसँग समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी,प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा,वडा नं ९ का अध्यक्ष मेख बहादुर सारु लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

 

उद्घाटन खेलमा शान्तिदीप युवा क्लवले सहआयोजक जनजागृत युवा क्लवलाई २–० को सोझो सेटमा हराएको छ । प्रतियोगितामा जम्मा १८ ओटा टिमको सहभागिता रहेको छ  ।


प्रतियोगिता पौष १८ गते सम्म सन्चालन हुने बताइएको छ  । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ७५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी दोश्रो हुने टिमले नगद  रु २५ हजार,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनल पुग्ने टिमले नगर ७ हजार ५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा देवचुली ९ बिशालटारमा रहेको जनजागृत युवा क्लवको सह आयोजनामा प्रतियोगिता सन्चालन गरिएको हो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

टि–२० स्म्यासको उपाधि घरेलु टोली थाइल्याण्डलाई : नेपाल ७० रनले पराजित

काठमाडौं,माघ ५ :  थाइल्याण्ड टि–२० स्म्यासको उपाधि घरेलु टोली थाइल्याण्डले जितेको छ। शनिबार भएको फाइनल खेलमा नेपाल थाइल्याण्डसँग ७० रनले

SITENAME

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

नवलपुर , पुस ०६ शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ११ बजे हुने पहिलो

SITENAME

आईपीएलको १२औं सिजनमा अक्सनका लागि ३४६ खेलाडी लिलामीमा, ९ जना खेलाडीको मूल्य २ करोड

नवलपुर ,पुस ०३ इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको १२औं सिजनका लागि मंगलबार खेलाडीको अक्सन हुँदैछ । अक्सनका लागि ३४६ खेलाडी रहेका छन् । उनीहरु