नयाँ प्रबिधिको सामाग्री सहित खुल्यो एग्री सोलुसन :कृषक नै बने कृषकको सारथी

SITENAME

कावासोती , पुस १ 

कृषिमा नयाँ प्रबिधिको प्रयोग गरी मनग्य आम्दानी गदैं आएका रजालीले अन्य कृषकहरुलाई सहज होस भन्ने उदेश्य सहित थकाली चोकमा बिक्री केन्द्र खोलेका हुन् ।


एग्रि सोलुशनको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला जोन नवलपरासीका प्रमुख बिष्णु प्रसाद शर्माले समुद्घाटन गरेका हुन् । रिवन काटेर शोलुसनको समुद्घाटन गरे । उनले थमन आफै सफल कृषक भएकाले अन्य कृषकको समस्या समाधानको लागि एग्रि सोलुशनको सुरुवात गरेर कृषकहरुलाई सहजता निम्ताएको भन्दै खुसी व्यक्त गनुभयो ।

 

 

कार्यक्रमलाई संबोधन गदैं कृषि ज्ञान केन्द्र दमौलीका प्रमुख तेज प्रसाद दवाडीले कृषिमा आधुनिकरण आवश्यक रहेको भन्दैं अधिकतम प्रबिधिको प्रयोग गरे कृषि बाट मनग्य आम्दानी गर्न सकिने बताय ।

 


संचालक थमन रजालीको अध्यक्षता रहेको कार्यक्रममा कृषि ज्ञान केन्द्रका अधिकृत मोहन श्रेष्ठ, थोपा सिचाई नेपालका खोजराज कटुवाल, आधुनिक कृषि बिकास संचार भरतपुरका राजराम तिवारी, हुप्सेकोट गाउँपालिका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद गौंडेल लगायतकाको उपस्थिति रहेको थियो । 


रजालीले संचालन गरेको शोलुशनमा कृषि तथा पशुपालन सम्बन्धि आधुनिक प्रबिधि तथा परामर्श उपलब्ध गराइनेछ । संचालक रजालीले नेपालमै केहि काम गर्नेहरुको लागि आफू सधै सहयोग गर्न तत्पर रहेको बताए । उनी नेपाल सरकारबाट पुरस्कृत किसान हुन ।


 

प्रतिकृया दिनुहोस
SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित

SITENAME

त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

काठमाडौँ ,पुस २५     २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय

SITENAME

माटोबिनै पनि तरकारी फलाउन सफल पौडेल !

  नवलपुर ,पुस १४    रुपन्देहीका किसान ईश्वर पौडेलले गरेको तरकारी खेतीबारे अन्नपूर्णमा प्रकाशित सामग्री अनुसार, माटोबिनै पनि तरकारी फलाउन