सरकार ! मलाई केही नदेऊ।

SITENAME

सन्दीप थापा
पाल्पा,मङ्सिर २५ ।

अरे वा ! आज  हर्केको घरखेत बैंकले लिलामी गरेछ। उसको छोरो साहुको ऋण तिर्ने आशले भारतको बाटो भएर ईराक पुगेको उतै आतङ्कबादको सिकार हुनुपर्यो।  उसकी श्रीमती छोराकै पीरले थलिएर बिरामी भई, उपचार गर्ने त के, अन्नको  अभाव परिपुर्ती गर्न नसकेर परम्धाम पुगी।रत्नबिरे माईलाले साहुसंग लिएको पाँच हजार को ब्याजको स्याज पन्ध्र हजार तिर्न नसकेर मुग्लान भासिएको छ।

 

यता माथ्लाघरे सानी आफ्नो बाबुको उपचार गर्नका लागी काठमाण्डौतिर देह ब्यापारमा लागेकी छे अरे भन्ने सुनिन्छ। हिजो भर्खर मात्र विद्यालयलाई परिक्षा फर्म शुल्क तिर्न नसकेर पढाई नै छोडेर बिहे गरेर गएकी थिई सुन्तली।  अनि गर्जो टार्न नसकेर आत्म हत्या गर्नुपरेको थियो रने काकाले। काठमाण्डौमा गल्ली गल्लीमा हल्ली हल्ली हिड्ने आकाशको सिरक ओडेर सडकको बिछ्यौनामा सुत्ने लाउँलाउँ र खाउँखाउँ उमेरका बालबालिकाहरू ज्यान पाल्न पाकेट मार्ने काममा लाग्नुपर्ने बिवस्ता छ। तर बालुवाटारमा जनताको दुख पीर मर्का  र देशको आम गरिवी निर्मूल पार्न भनेर पुगेका महामयीमहरू चुड्किला सुनाएर तालीको स्वाद चाख्न नै ब्यस्त छन्।

 


बर्गिय चरित्र बोकेको हाम्रो समाजमा आज अनेकौँ समस्याहरू देखिएका छन्। आर्थीक अभावको समस्या अन्य समस्याहरूको गुरु र जन्मदाताको रुपमा परिचित छ। नेपालजस्तो अल्पबिकसित मुलुक, जहाँ २२ प्रतिशत भन्दा धेरै मानिसहरू निरपेक्ष गरिवीको सिकार बन्नुपरिरहेछ। सापेक्ष गरिवहरूको त कुरा बेग्लै छँदैछ, देशको आर्थिक समुन्नती गर्ने आशले पटकपटकको बलिदानीपुर्ण एवं शान्तीपुर्ण जनसङ्घर्षले जनताहरूले सार्वभौमसत्ता आफ्नो हातमा लिई जनप्रतिनिधीहरू चयन गरि सत्ताको मालिक बनाएका थिए। झुपडीमा महलको सुवास नचाहिएता पनि आधारभुत आवश्यकताहरूको परिपुर्तीका लागी सिंहदर्वारमा पुर्याएका थिए प्रतिनिधी चुनेर।  सिंहदर्वारमा पुगेपछी बिरालो पनि सिंह न बन्दो रहेछ। अनि चलाउँदो रहेछ आफ्नै हुकुम। र त बिर्सिँदा रहेछन्, चुनावमा देखाईएका झुटका सपनाहरू ,यसैले आज देशको गरिवी निर्मुल हुन सकेको छैन।


केही सम्पन्न ब्यक्तीहरूले अझ पनि आफूभन्दा निर्धालाई दबाउन आईतबार कुर्दैनन्। आर्थीक समानता र सर्वाहारा अधिकारको दुहाई दिँदै २०५२ मा तत्कालिन नेकपा माओबादीले  सारेको बिद्रोहको कार्यदिशा अन्तत जनतालाई भर्याङ् बनाएर आफू सत्ताको चुचुरोमा चढ्नका लागी मात्रै भयो। काङ्ग्रेसको आन्तरिक स्वार्थ र लोभी प्रबृत्तीले जनता मात्र होईन, देश नै पङ्गू बन्नुपर्यो।  पार्टी एकता अघीको एमाले  पनि जनतालाई झुक्काएर पटकपटक सत्तामा पुगेर भत्ता पचाउने सिवाय ठोस कार्यक्रम ल्याउन सकेन। साना दलहरू पनि आफ्नै स्वार्थमा रुमलिईरहेका छन्,  सबै राजनैतिक दल र अधिकांस राजनैतिक निकायमा बिराजमान महामयिमहरूको उद्देश्य “एनी हाउ, पैसा कमाउ” भन्ने रह्यो जसले गर्दा देशमा लुटतन्त्रको भुटुनाले जनताहरू भुटिईरहनुपरेको छ।  


मान्छेहरूले मुल्य मान्यता र नैतिक्ता बिर्सिएर पैसाको पोकोको आकार बृद्दी गर्न लागिरहेका छन्। एकले अर्कालाई वास्ता गर्न छाडिसकेका छन्। जसरी भए पनि धनी बन्ने अघोषित प्रतियोगीतामा प्रथम हुने चेस्टाका साथ प्रतिस्पर्धा गर्न ब्यस्त छन् धेरै जसो,  चाहे त्यो कालो धन नै किन नहोस्। यसले भ्राश्टाचारका नया तरिकाहरू बिकास गरेको छ। परम्परागत घिउ उपहारदेखि सुरु भएको घुसको प्रचलन आज बैज्ञानिक तरिकामा विद्युतिय साधनहरूको पहुँचमा पुगेको छ। गरिवका समस्याहरू जस्ताको तस्तै छन्, तुलनात्मक रुपमा केही चलाख भनाउदा चाकरिवाजहरू आज महलका मालिक छन्। यसको स्रोत को ख्याल कसैलाई छैन।  ख्याल त केबल आफ्नो हित कसरी हुन्छ भन्ने छ। आफूभन्दा कमजोरलाई आफ्नो स्वार्थ परिपुर्ती गर्ने काममा प्रयोग गर्नु आम मानिसको स्वभाविक चरित्र भैसकेको छ। 


सरकारले गरिवी निवारणका लागी बिभिन्न कार्यक्रमहरू पनि नल्याएको होईन, तर त्यसको पहुँच लक्षित बर्गसम्म पुग्न सकेको छैन। गरिव परिचय पत्रको वितरण गरि वास्तविक गरिबहरूको पहिचान गरी उनीहरूको आर्थीक बिकास र सशक्तिकरणका लागी योजना बनाउने  कार्यक्रम सर्कारले अघी सार्यो। तर वास्तविक गरिबहरू भन्दा सर्कारकै आशेपासे र भरौटेहरूले यसबाट लाभ लिईरहेको पाईयो। एक जना प्रदेश मन्त्रीले गरिव परिचय पत्र बनाए तर उनको घरमा काम गर्नुपर्ने अघोसित हलियालाई भने यसको स्विँको समेत नरहेको कुरा यहाँहरूलाई थाहै छ। लक्षित ब्यक्तिहरूभन्दा पहुँचवाला  भरौटेहरुले आफ्नो भुँडी भर्ने काममा बजेट खर्चेको पाईन्छ। भैरव अर्यालको “जय भुँडी” नपढ्नुभएको त सायद हुनुहुन्न होला।। त्यस्तै स्थिती छ अहिले पनि।


वर्तमान स्थितीमा केही सम्पन्न मान्छेहरूले ब्यापार ब्यबसायमा लगानी गरेका छन्। कालोबजारीमार्फत् गरिव तथा निम्न बित्तिय आर्थिक अवस्थाका नागरिकहरूलाई  मन लाग्दी मुल्यमा उत्पादकत्व बिक्री गरी ढाड सेकिरहेका छन् उनीहरू। यसको नियमन त्यती चुस्त दुरुस्त संग भएको पाइँदैन। लोकप्रियताका लागी अनुगमनको कुटिल चाल चलिन्छ। अनुगमनमा दोशी देखिएकाहरूमाथी ठोस कारबाही हुन सकेको छैन फलत आर्थिक बेथिती मौलाएको छ। 


गरिवका छोराछोरीहरूका लागी उच्च शिक्षा अध्ययनका लागी भनेर छुट्टाईएको क्षात्राबृत्तीमा पनि धनी कै सन्ततीको बोलवाला छ।  अरु देशहरूले उत्पादकत्व बाह्य देशमा निर्यात गर्छन् तर नेपालले युवाहरूलाई खाडीमा निर्यात गरेर रेमिट्यान्स भित्राएको मा दङ्ग पर्दै छ। युवाको पसिनाको सही अर्थमा देशमै लगानी हुन नसक्दा पनि गरिवहरू झन् भन्दा झन् गरिव बन्दै गईरहेका छन् भने सम्पन्न  ब्यक्तिहरू सम्पन्नताको नया खुड्किलो चढिरहेका छन्। गरिवहरूलाई गुल्टाएर, लोटाएर पल्टाएर धनी ब्यक्तीहरु आफ्नै विलासी आवश्यकता परिपुर्तीमा लागीरहेका छन्। ऐश आराम र मोज मस्तीमा ब्यस्त छन्। बिचरा हर्के , रत्नबिरे, रने काका, सुन्तली , माथ्लाघरे सानीको पिडा कसले सुन्ने फुर्सद पाउँछ र यहाँरु त्यसो त सबै धनाड्यहरू गरिबमाथी रजाईँ गर्छन् भन्ने अर्थ नलागोस्।

 

तर ती मनकारी धनाड्यहरू भने औँलामा गन्न सकिने मात्र पाइन्छ। गरिवीको मारले थिचिँदा रापिँदा र पेलिँदा हिरा बनेका भुतपुर्व कोईलाहरूले त वर्तमान गरिवको समस्यालाई हाँसेर गफैगफले उडाइदिन्छन् भने यस्तो स्थिती भोग्नु नपरेका धनाड्यहरूको त कुरा नै छुट्टै हुने भैहाल्यो नै। तर केही यस्ता मनकारी ब्यक्तित्वहरू पनि छन्, जसले आफ्नो आम्दानीको केही अंस गरिवहरूको हितका लागी खर्चिने गरेका छन्। नेपालमा पनि त्यस्ता मान्छेहरू नभएका होईनन्। धुर्मुस सुन्तली फाउन्डेसन ले सर्कारले गर्नुपर्ने काम गरिरहेको छ।

 

यस्ता केही मान्छेहरू छन् जसले गरिवीको समस्यालाइ निर्मुल पार्नका लागि  अनबरत सङ्घर्षमा छन्। देशको प्रती ब्यक्ती आय मा बृद्दी हुँदैमा सबै जनताको आर्थीक सबलिकरण भयो भन्न मिल्दैन। सही अर्थमा देशको आर्थिक बिकासका लागी समानुपातिक अर्थ प्रणाली अपनाउनु पर्छ कि। अथवा वास्तविक गरिबको पहिचान गरि धनी गरिव बिचको खाडल पुर्नका लागी आय आर्जनका लागी ज्ञान सिप र क्षमता अभिबृद्दीका  कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।


 अहिले दुई तिहाई को सर्कार छ। बिकास र सम्बृद्दीको चर्को नाराले जनताको मन जितेको सर्कारलाई असफल हुने छुट कदापी छैन। गरिवी निर्मुल गर्ने अभियानमा पुर्णबिराम लगाउने अधिकार बिलकुल छैन, तसर्थ यस शक्तीशाली सर्कारसंग  गरिवी निवारणका लागी म केही कुराहरू माग गर्न चहान्छू।
 

 .जाती वा वर्णका आधारमा छुट्टाइएको आरक्षण प्रणालीको केहि अंश घटाएरै भएपनि  अब बर्गिय आधारमा यसको ब्यबस्था गरियोस् । 
२ . राज्यले वितरण गर्ने गरिव परिचयपत्र वास्तविक गरिवले बाहेक अन्य ब्यक्तीले लिएको  खण्डमा उसको आधा सम्पती लिलाम गरी सो परिचय पत्र समेत खारेज गरियोस्
३.  गरिवहरूको लक्षित कार्यका लागी आएको बजेट सोही काममा मात्र खर्चिने र  त्यसमा आर्थिक सम्पन्नताको सिडी उक्लिएको मान्छेले दाबा गर्ने अवस्था अन्त्य गर्ने ग्यारेन्टी गरियोस्।
४.   गरिवहरूको पहिचान गरि उनिहरूको आर्थिक क्षमता बृद्दी गर्नका लागी निशुल्क, सिपमुलक आयआर्जनमुखी र व्यवसायिक तालिम कार्यक्रम प्रत्येक स्थानिय तहमा सञ्चालन गरियोस्।
५.  गरिवीद्वारा सिर्जित समाजको  अदोगतीको चाँया र अबोनतीको छायालाई निर्मुल पार्न श्रमको उचित सम्मान सहितको उचित न्युनतम पारिश्रमिक कम्तीमा २० हजार प्रति महिना कायम गरियोस्
६.   कृषीप्रधान मुलुक नेपालका अधिकांश नागरिकहरू कृषक रहेकाले उनीहरूको उत्पादकत्वको उचित मुल्य र सहज बजार ब्यवस्थापन गरियोस्, 
७.  स्थानिय स्रोत र साधनको उच्चतम उपयोग गरी त्यसको सही परिचालन गर्ने कार्यमा आर्थीक रुपले   पिछोडिएका ब्यक्तीहरूलाई प्रार्थमिक्ता दिईयोस्।।
८.   नेपालमा सञ्चालित अन्तराष्ट्रिय  तथा राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई गरिवी प्रभावित क्षेत्रमा पठाईयोस्। 
९.    सामाजिक न्यायमा आधारित समतामुलक समाजको निर्माणका लागी गरिवमाथी हुने गरेको झुट्टा लाञ्छना र आरोपको अन्त्य गरी सामाजिक समभाव र बिभेदबिहिन सद्भाव कायम गर्ने ग्यारेन्टी गरियोस्।
१०.      गरिवहरूको कानुनी तथा राजनैतिक पहुँच बृद्दीका लागी शसक्तिकरणका प्रभावकारी  कार्यक्रमहरू  ब्यापक गराईयोस्।  

हरेक ब्यक्तीको प्रगतीको बाधक आर्थीक असम्पन्नता बन्दै गएको छ। सम्पन्न मानिसहरूले पनि उत्पादकिय क्षेत्रमा लगानी गर्नुको सट्टा विलासी आवश्यकताको परिपुर्तीमा लागेका छन्। मानविय असिमीत आवश्येकताहरू परिपुर्तीका लागी रहेको सिमीत स्रोतको पहुँच केबल धनीमानी, वा राजनैतिक दलका आशेपासेहरूले प्राप्त गरेका छन्। यस कारण गरिबहरू को आर्थीक स्थिती झन् भन्दा झन् ओरालो लागिरहेको छ भने धनीहरू धनले उन्मत्त भएर सेवाभावलाई तिलाञ्जली दिएर “धनको  बिटो” बट्याउने ध्येयमा लागेका छन्। फलत नेपालीहरूको सामाजिक स्थितीमा सुधार हुन सकेको छैन। 


सरकार ! मलाई केही नदेऊ। तर, आम जनताहरूले तिमीसंग धेरै आश गरेका छन्। बिन्ती छ, जनताको आशा र अपेक्षालाई लात्तीले भकुन्डोमा प्रहार गरेसरी प्रहार नगरिदेऊ। नत्र त्यस बापतको ब्याजको  स्याज उठाउनका लागी जनताहरू पनि हातमा दही जमाएर आँखामा पट्टी बाँधेर बस्ने छैनन्। त्यसैले मनोमानी होईन, जनताको भावनाअनुरुप सामाजिक र आर्थिक सुधारमा लाग। कम्युनिस्ट पार्टीको सरकार हुँदा पनि गरिवीको स्थितीमा सुधार आएन भने जनताहरूले आक्रोसको मदिरा पिएर जस्तोसुकै प्रतिक्रिया देखाउन पनि पछाडी पर्ने छैनन् भन्ने कुरा बिगतका शसस्त्र एवम् शान्तीपुर्ण आन्दोलनहरूले सुस्पस्ट पारिसकेको छ। 


गरिवी निवारणको पर्खाल  निर्माण गर्ने महाअभियानमा एक एक ईट्टा थप्ने जिम्मेवारी के तपाइँहामीहरूको पनि होईन र ! 

:फाईल तस्बिर :
 

प्रतिकृया दिनुहोस
SITENAME

बिद्यार्थीको नजरमा विद्यालय, जेल की विद्याको आलय

सन्दीप थापा  पाल्पा, मङ्सिर ०२      भाषण गर्दा भनेको सुनिन्छ। कि विद्यालय विद्याको पवित्र मन्दिर हो। विद्यालय ज्ञानको घर हो। विद्यालय

SITENAME

जेठाबा को दशैं

लघु कथा   लेखक - राजन न्यौपाने    तिमी यो दलान छेउको दुबो सनक्क उखेल,अनि दुबै जना मिलेर माटो थपेर भुइँ सम्याऔला,म बाँस गाड्नलाई डोब बनाउदै

SITENAME

महिला हिसां !! राज्यको मौनता कहिले सम्म ?

मुना दाहाल  नवलपुर ,भाद्र ०९  देशमा यतिखेर महिला हिसां बिरुद्दको आन्दोलनले चर्को रुप लिएको छ । पढन गएकी छारी बलात्कार पछि मृत अवस्थामा फेला