भाइबरमार्फत् ‘न यता न उता’ को प्रचार

SITENAME

 

 

काठमाण्डौ, मङ्सिर २३ 

 

गतिलो प्रचार नभए अब दर्शकलाई हलसम्म डोर्‍याउन गाह्रो छ । महिनामा झण्डै एक दर्जन फिल्म रिलिज हुने हुँदा कहिले कुन फिल्म रिलिज हुँदैछ भन्नेमा दर्शक अनविज्ञ हुन्छन् । यसकारण फिल्मप्रति दर्शकलाई आकर्षित गर्न अचेल निर्माताहरुले अनेकौं उपाय अबलम्बन गर्ने गरेका छन् । 

 

रोड कन्सर्ट, उपहारका योजना, माइकिङ, पर्चा पम्प्लेटजस्ता प्रचार सामाग्री पुरानो हुँदै जाँदा निर्माताहरु नयाँ-नयाँ उपायको खोजी गर्न थालेका छन् । यसबीच नेपाली चलचित्र इतिहासमा पहिलो पटक भाइबरले फिल्म ‘न यता न उता’ को स्टिकर प्याक प्रस्तुत गरेको छ । 

 

भाइबरले नेपालमा पहिलो पटक नेपाली फिल्मको स्टिकर प्याक प्रस्तुत गरेको हो । यसको औपचारिक सुरुवात यही मंसिर २० गतेबाट फिल्मको स्टिकर प्याकको उपलब्धताबाट भएको हो । यस फिल्मको स्टिकर अब भाइबरको स्टिकर बजारमा सजिलै पाउन सकिन्छ । 

निर्माण टिमले स्टिकर प्याक डाउनलोड गरेर फिल्ममा आबद्ध कलाकारसँग च्याट गर्ने मौकादेखि प्रमोशनको क्रममा डिनर तथा फिल्मको फ्रि टिकटहरु प्रदान गरिने योजना पनि अगाडि पारेको छ । यो माघ २५ गते प्रदर्शनमा आउने फिल्म हो । 

 

२ जना अर्धवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई दर्शाइएको फिल्ममा ऋचा शर्मा, समिर दिक्षित, छुल्थिम गुरुङ्ग, मिराज रोश, राजारम पौडेल, बुद्धि तामाङ्ग, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लक्ष्मी, लुनिभा तुलाधर, सिल्सा जिरेल र नम्रता सापकोटा रहेका छन् । यो फिल्म मिराज रोशद्वारा निर्देशित हो ।फिल्मीखबर,

प्रतिकृया दिनुहोस
SITENAME

हमाल भन्छन्, ‘फिल्म नपाएको होइन, ब्रेक लिएको हुँ’

नवलपुर , माघ ६  दर्शकबाट ‘महानायक’ को उपाधि पाएका राजेश हमाल आफ्नो जमानाका सर्वाधिक व्यस्त र सफल अभिनेता हुन् । संख्यात्मक अभियनमा जोड दिएको

SITENAME

फागुन १० मा आउने प्रेमलीलाको ट्रेलर सार्वजनिक, ट्रेलरमा प्रेम र लीलाको मिलन बिछोड(भिडियो सहित)

माघ ३ । फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना

SITENAME

टेम्पो ड्राइभर बनेकी स्वस्तिमाको ‘बुलबुल’ ट्रेलर रिलिज !!! हेर्नुहोस् :- ट्रेलर

  अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर