आफनो गाउ आफै बनाउ भन्ने भनाइलाइ चरितार्थ बनाउन जुटे कावासोती ८ का स्थानिय

SITENAME

नवलपुर, मंसीर २० ।


कावासोति नगरपालिकामा रहेको वडा नम्बर ८ स्थीत मनकामना टोलका बासीन्दाले आफनो गाउ आफै बनाउ भन्ने भनाइलाइ चरितार्थ बनाउन लागी परेका छन । हाल यस टोलका बासिन्दा बाटो मर्मत कार्यमा जुटेका छन् ।

 

व्यक्तिगत लागतमा पिंच गरेको बाटो भत्कीएपछि टोल बासि मिलेर बाटो मर्मतमा जुटेका हुन । विहान ७ बजे देखि बेलुका ५ बजे सम्म टोलका बासीन्दा आफनै श्रमदानमा बाटो मर्मतमा लागी परेका छन् ।

 

सबै मिलेर गरे कुनै कुरा असम्भव नहुने टोल बासिले प्रमाणित गरेको मनकामना टोल अध्यक्ष मन बाहदुर गुरुङले बताउनुभयो ।

 

कावासोती नगरपालिका बाट उत्कृष्ट टोल हुन सफल यस टोलका बासिन्दाले टोलमा उठने फोहरको व्यवस्थापन समेत आफै गर्ने गरेका छन् । टोलमा उठेको फोहर व्यवस्थापनका लागी टोलकै लगानिबाट ठाउ ठाउमा डस्टविन समेत राखिएको छ । जसमा जल्ने फोहर र नजल्ने फोहर छुट्टाउने गरीएको छ ।

 

यसैगरी टोलको घर घरबाट निस्कने बाकि भएको खाद्यान्न जथाभावि नफाली संकलन गरी बंगुर व्यवसायीहरुलाइ दिने गरीएको मनकामना टोल अध्यक्ष मन बाहादुर गुरुङ ले बताउनुभएको छ ।

 

टोलबासिले भैपरी आउने कार्य तथा विकास निर्माणका लागी प्रत्येक घरधुरी बाट मासिक सय रुपैया समेत सकलन गर्ने गरीएको अध्यक्ष गुरुङले बताउनुभयो । यस्तै हरेक महिनाको पहीलो शनिवार टोल बासि मिलेर टोलमा सरसफाइ गर्ने गरीएको टोलका अगुवा निम बाहादुर ढेगा मगरले बताउनुभयो ।

 

टोलबासीकै लगानिमा बाटोमा बत्ति समेत जडान गरीएको अगुवा ढेगा मगरले बताउनुभयो । 

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ