खसीबोका बिक्री केन्द्रबाट दुई महिनामा मात्र तेह्र लाखभन्दा बढीको कारोबार

SITENAME

नवलपुर, मंसीर २० ।


पूर्वी नवलपरासीको कावासोतीस्थित एउटा खसीबोका बिक्री केन्द्रबाट दुई महिनामा मात्र तेह्र लाखभन्दा बढीको कारोबार भएको छ ।

 

पूर्वी नवलपरासीको कावासोती नगरपालिका ४ हसौरस्थित खसीबोका बिक्री केन्द्रले पछिल्लो दुई महिनाभित्र मात्र १३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको हसौरा खसीबोका बिक्री केन्द्रका सञ्चालक मीनबहादुर गाहाले बताउनुभयो ।

 

उन्नत जातका नाममा ब्रोइलर बाख्राको उत्पादन एवं बिक्रीले बजार पाइरहेको अवस्थामा पछिल्लो समयमा ब्रोइलर बाख्राको सट्टा स्थानीय प्रजातिका बाख्राको माग बढ्न थालेकाले स्थानीय प्रजातिका बाख्राको बिक्रीबाट आफूले राम्रो कमाइ गर्न सकेको खसीबोका बिक्री केन्द्रका सञ्चालक गाहाले बताउनुभयो । पूर्वी नवलपरासीको उत्तरी पहाडको फेदीमा रहेको कावासोतीको हसौरामा पहाडी एवं ग्रामीण क्षेत्रका किसानले चरनमा चराएर पालेका बाख्राको सङ्कलन गरी सहरबजारतर्फ बिक्री वितरण गर्दा पछिल्लो हिन्दुका चाडपर्वमा राम्रो आम्दानी गर्न सफल भएको हसौरा खसीबोका बिक्री केन्द्रका सञ्चालक गाहाले बताउनुभयो ।

 

बाख्रा पालेका किसान ले गाउँमै राम्रो मूल्य दिएर बाख्रा खरिद गरिदिने भएका कारण खसीबोका बिक्री केन्द्रमा कारोबार सजिलै हुने गरेको बताइन्छ । कावासोती धौवादीका विभिन्न स्थानबाट स्थानीय किसानले चाडवाडको समयमा घर खर्च जोहो गर्नका लागि यस केन्द्रमा आफ्ना बाख्रा खसी ल्याउने गरेका छन् । यसरी गाउँबाट किसानले ल्याएका स्थानीय प्रजातिका खसीबोका व्यवसायी गाहाले काठमाडौँ, पोखरा, नारायणगढ, कावासोती जस्ता सहरबजार क्षेत्रमा बिक्री गरेर अहिलेको दशैँ तिहारमा लाखौँ रुपियाँ कमाउन सफल हुनुभएको बताउनुभयो । खोरमा दाना खुवाएर पालेका बाख्राभन्दा वनजङ्गलमा चराउन पालिएका खसीबोकाको माग बजारमा बढी रहेको हुनाले अहिले स्थानीय प्रजातिका यस प्रकारका खसीबोकाको व्यापार बढेर गएको व्यापारी गाहाले बताउनुभयो ।

फाइल तस्वीर:

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ