कावासोती १६ मा २ दिने वृहत् स्वास्थ्य शिविर आज(बुधबार) बाट शुरु

SITENAME

नवलपुर, मंसीर १९ ।


मध्यविन्दु सामुदायिक स्मृति अस्पताल कावासोती १६ डण्डामा २ दिने वृहत् स्वास्थ्य शिविर आज(बुधबार)  बाट शुरु भएको छ ।

 

नवलपुर उद्योग वाणिज्य संघको आयोजना र  शिंगापुर रेडक्रस प्रारम्भ सामाजिक संस्था, सिटिजन बैँक, मध्यपुर अस्पताल प्रा.लि., बजाज आर. इ., मध्यविन्दु सामुदायिक स्मृति अस्पताल, घले आँखा उपचार केन्द्र, मध्यविन्दु आँखा उपचार केन्द्र र सेभलाइफ जिम हाउसको सहआयोजनामा शिवीर गरिएको हो ।

 

भोली(बिहिबार)  सम्म सञ्चालन हुने शिविरमा आँखा, दाँत, नशासम्बन्धि, हाडजोर्नी, महिलाको पाठेघर मा समस्या भएकाको उपचार गरीने आयोजकले बताएको छ । आज शिविरको पहिलो दिन ३१० विरामीले स्वास्थ्य परिक्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ