ठुलो परिमाणमा लागु औषध सहित चार जना पक्राउ(भिडियो सहित )

SITENAME

 

मंसीर १९ नवलपुर ।

 

नवलपुर प्रहरीले अहिले सम्मकै सबै भन्दा बढि लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । । प्रहरीले पूर्व पश्चिम राजमार्गको मध्यविन्दु नगरपालिका –८ , स्थित फुलवारीबाट लु १ ख ७९८५ नम्बरको बसमा लागू औषध लुकाएर ल्याउदै गरेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर –२१, बस्ने २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका– ८, बस्ने ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगंज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम– ६, बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।

 

 

 

उनिहरुको साथबाट प्रहरीले नुफीन ५५ एम्पुल,फेनारगन ५५ एम्पुल,डाईजेपाम सेरिजेक ५५ एम्पुल , फेन्सेडिल १९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको २८८ ट्याब्लेट, नाईट्राभेटे ५९७ ट्याब्लेट बरामद गरेको छ । यसै गरि लु १ ख ६३९० नम्बरको बसमा लागू औषध लुकाएर ल्याउदै गरेको अवस्थामा कावासोती आठबाट म्याग्दी साविक ताकम एक धारापानी बस्ने २८ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ ।

 

उनको साथबाट प्रहरीले फेनारगन ४३ एम्पुल,नुफिन ४३ एम्पुल,डाईजेपाम सेरिजेक ४३ एम्पुल पक्राउ गरेको छ । पक्राउ परेकाहरु विरुद्ध लागू औषध ओसार पसार बिरुद्धको मुद्धा दायर गरि थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक रमेश थापाले बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ