नवलपुरको कावासोतीमा मेयर कप फुटबल प्रतियोगिता हुने

SITENAME

नवलपुर, मंसीर १६ ।

नवलपुरको कावासोतीमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।


कावासोती नगरपालिकाको आयोजनामा, कावासोती खेलकुद मैदान निर्माण उपभोक्ता समितिको सहआयोजना र न्यू भानु आदर्श युवा क्लबको संयोजनमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताबाट नगरपालिकाको एक सशक्त टिम तयार गर्ने उद्देश्य राखिएको जिल्ला फुटबल संघ नवलपरासीका अध्यक्ष सेतमान पुनले बताए । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार नगद प्राप्त गर्नेछ भने दोस्रो हुनेलाई ४० हजार नगद प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

 

त्यसैगरी सेमिफाइनलमा पराजित हुने दुई टिमलाई नगद १० र १० हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कावासोती नगरपालिका–३ मा रहेको खेल मैदानमा हुने प्रतियोगितामा नगरभित्रका १७ वटै वडाको सहभागिता रहने आयोजकको भनाइ छ । यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म चल्ने प्रतियोगितामा पाँच लाख ५० हजार खर्च हुने आयोजकको अनुमान रहेको छ

प्रतिकृया दिनुहोस
SITENAME

आईपीएलको १२औं सिजनमा अक्सनका लागि ३४६ खेलाडी लिलामीमा, ९ जना खेलाडीको मूल्य २ करोड

नवलपुर ,पुस ०३ इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको १२औं सिजनका लागि मंगलबार खेलाडीको अक्सन हुँदैछ । अक्सनका लागि ३४६ खेलाडी रहेका छन् । उनीहरु

SITENAME

कावासोती प्रथम मेयर कपको उपाधी वडा नं. ३ लाई

नवलपुर, पुस २ । कावासोती नगरपालिकाको आयोजनामा भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले कब्जा गरेको छ ।   आज भएको फाइनल

SITENAME

मेयर कप : सोमबार उपाधीका लागि कावासोती ३ र ४ भिड्दै

नवलपुर, पुष १ । कावासोती नगरपालिकाद्धारा सञ्चालित  प्रथम मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको मैत्रीपूर्ण खेलमा नवलपरासी बर्दघाट सुस्ता