नेपाल बार एसोसियसन नवलपुरको अध्यक्षमा सापकोटा निर्वाचीत

SITENAME

 

माधव अधिकारी

नवलपुर,मंसीर १५

 

कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन नवलपुरको अध्यक्षमा गणेश सापकोटा निर्वाचीत हुनुभएको छ ।  सापकोटा स्वतन्त्रका उम्मेदवार हुनुहुन्थ्यो । प्रथम जिल्ला अधिवेशनको निर्वाचनका लागि विभिन्न पार्टिले उम्मेदवारी दर्ता गराएका थिए ।

 

११ सदस्यीय नया कार्यसमितिमा अन्य पदमा सर्वसहमत चयन गरिएपनि अध्यक्ष र सचिव पदमा सहमति जुट्न नसकेपछि आज विहान ११ बजेबाट निर्वाचन गरिएको थियो ।

 

अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन ब्यवसायीहरुको संगठन नेप्लिज लयर्स एशोसिएसनका तर्फबाट अधिवक्ता भुपेन्द्र खनाल दावेदारी  थियो  । निर्वाचनमा २४ मत खसेकोमा १७ मत प्राप्त गर्दै नेप्लिज लयर्स एसोसियसनका उम्मेदवार सापकोटा निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्धन्दी नेप्लिज लयर्स एसोसियसनका खनालले ७ मत प्राप्त गर्नुभएको थियो ।

 

यस्तै सचिव पदका लागि नेपाली काँग्रेस निकट कानुन ब्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)का तर्फबाट जनक ढुङ्गाना र नेप्लिज लयर्स एशोसिएसनका तर्फबाट दिपक भट्टराइको उम्मेदवारी रहेको थियो । निर्वाचनमा खसेको २३ मतमा १५ मत प्राप्त गर्दै डिएलएका जनक ढुङ्गाना निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी भट्टराइले ८ मत प्राप्त गर्नुभएको थियो ।

 

यस्तै अन्य पदमा हिजै सहमति जुटेर पदाधीकारीहरु सर्वसम्मत चयन गरिएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ