नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको २ दिने भेला कावासोतीमा सुरु 

SITENAME


 

नवलपुर , मङ्सिर १५ 


नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन गण्डकी प्रदेशको प्रदेश स्तरिय २ दिने भेला एवम प्रशिक्षण कार्यक्रम कावासोतीमा शुरु भएको छ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन गण्डकी प्रदेशका संयोजक मायादेवी सोतीको अध्यक्ष तथा नवलपुर जिल्ला अदालतका न्यायाधिस पुर्ण प्रसाद वास्तोलाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रमको  उद्धघाटन गरिएको हो ।

कार्यक्रमलाइ सम्वोधन गर्दै नवलपुर जिल्ला अदालतका न्यायाधिस पुर्ण प्रसाद वास्तोलाले कानुनको ढोकामा पहिलो रुपमा आएका सर्वसाधारणलाई सहि व्यवहार देखाउन आवश्यक रहेको वताउनु भयो ।

कानुन शाषनलाइ मर्यादित रुपले लिने हो भने सहि र गलत निर्णय लिन सहज हुने वताउनु भयो । कानुनको शाषनलाइ  मर्यादित गर्न सके मात्र कानुन व्यवसायि को संरक्षण र  सर्वसाधारणको सेवा पर्याप्तता हुने वताउनु भयो ।

सर्वसाधारणलाइ दिइने सेवा सुविधा कस्तो किसिमको हुनु पर्छ भन्ने विषयमा कानून व्यवसायी अलमल नपरि कुन कानुनले के कार्य गर्छ भन्ने वुझेर जान आग्रह समेत गनर्’ भयो। २ दिने प्रशिक्षण कार्यक्रममा एशोसिएसन का केन्द्रिय  अध्यक्ष सिताराम दाहाल, महासचिव कृष्ण प्रसाद दाहाल, अधिवतmा मदन कुमार दाहाल, मालपोत कार्यालयका प्रमुख अशोक कुमार भटराइले प्रशिक्षण दिने वताइएको छ ।

प्रत्येक जिल्लावाट अध्यक्ष्ाँ, सचिव र कोषाध्यक्ष ,प्रदेश समितिका पदाधिकारी र सदस्य, केन्द्रिय समितिका पदाधिकारी एव सदस्य गरि गण्डकी प्रदेशका १ सय ६१ जनाको सहभागिता रहेको जनाइएको छ ।

लेखापढी कानून व्यवसायीको गण्डकी प्रदेशका लागि यो दोस्रो भेला हो । कार्यक्रममा प्रदेशमा भएका गतिविधि, आर्थिक र संगठनिक प्रतिवेदन पेश गरिने छ । उद्धघाटन कार्यक्रमको सहजिकरण केन्द्रिय सदस्य  सरोज देवकोटाले गनर्’ भएको  थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषध्यक्षबाहेक सबै निर्वाचित

काठमाडौं, पुस ३। लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ ।   सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु

SITENAME

यौन प्रलोभन देखाएर' हत्या

जनकपुरधाम ,पुस ३ महोत्तरीको औरही नगरपालिका २, फूलबरियाका ४० वर्षीय बचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

SITENAME

पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

  काठमाडौं ,.पुस ३ पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको निधन भएको छ। मंगलबार बिहान बुढानीलकण्ठस्थित