नारायणीमा पानि जाहाज र हुलाकी राजमार्ग बनाइ आर्थिक बिकास गर्ने : नेकपाका अध्यक्ष प्रचण्ड

SITENAME

 

नवलपुर , मङ्सिर १४

 

नारायणी नदीमा जहाज चल्ने र चितवन नवलपुरमा हुलाकी राजमार्ग बनाइ आर्थिक बिकास गर्ने योजना भ्रम मात्रै नभइ वास्तबिक रहेको कुरा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताउनु भएको छ ।

 

नवलपुरको कावासोती १७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक बिद्दालयको स्वर्ण महोत्सबमा आज सहभागिता जनाउदै प्रचण्डले सो कुरा बताउनु भएको हो । नारायणीमा जलमार्गको बिषयमा भारत र नेपालबिच सम्झौता भइसकेको बताउदै छिट्टै जलमार्गको प्रयोग हुने बताउनु भयो ।

 

नारायणी नदिमा ३ वटा पुलको आवश्यकता महसुस गरिएको हुँदा छिट्टै सो कार्य पुरा गर्न पनि लागिपर्ने उहाँले बताउनुभयो । यस्तै पूर्वपश्चिम रेल मार्गको प्रक्रिया थालनी गरि रेल चलाउने बातावरण तयार पार्ने बताउदै सबैलाई ढुक्क हुन समेत आग्रह गर्नु भएको छ ।

 

राजनितीलाई स्थायित्व दिएर जनताले गरेको विश्वासलाई खेर जान नदिइ देशलाई समृद्दी तर्फ लगेरै छाड्ने प्रतिबद्दता जनाउनु भएको छ ।आगामी आथिक बर्षबाट जेष्ठनागरिकलाई प्रदान गरिरहेको भत्तालाई समेत बृद्दी गर्ने बताउनु भएको छ । त्रिभुवन बाल माध्यमिक बिद्दालयको स्वर्ण महोत्सबमा स्वर्ण स्तम्भ उद्घाटनका लागि आफ्नी कान्छी छोरी गंगा दाहाल सहित प्रचण्ड नवलपुर आउनु भएको हो ।

प्रतिकृया दिनुहोस
SITENAME

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषध्यक्षबाहेक सबै निर्वाचित

काठमाडौं, पुस ३। लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ ।   सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु

SITENAME

यौन प्रलोभन देखाएर' हत्या

जनकपुरधाम ,पुस ३ महोत्तरीको औरही नगरपालिका २, फूलबरियाका ४० वर्षीय बचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

SITENAME

पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

  काठमाडौं ,.पुस ३ पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको निधन भएको छ। मंगलबार बिहान बुढानीलकण्ठस्थित