शहिद स्मारक ए डिभिजन लीगमा हिमालयन शेर्पा क्लब द्दारा मछिन्द्र क्लब पराजित

SITENAME


नवलपुर , मंसिर १३

 

शहिद स्मारक ए डिभिजन लीग अन्तर्गत बुधबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई २(० ले पराजित गरेको छ। जारी लीगमा शेर्पा क्लबले लगातार तेस्रो जित हात पारेको छ।  सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा शेर्पाका लागि आशिष गुरुङले खेलको २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफ १(० मा सकिएको खेलमा दोस्रो हाफको ८९ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे। त्यसपछि टोलीबाट कुनै गोल भएन र शेर्पाले २(० को जित निकाल्यो। त्यसअघि खेलको १७ औं मिनेटमा मच्छिन्द्रका अलवा एडिमोलाले वा भर्सेस वनमा गोल गर्न नसक्दा अग्रता लिने मौका गुमाएका थिए भने खेलको ५४ औं मिनेटमा खामिर गिल्सनले अजित गुरुङको पासमा गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड माने। जितसँगै शेर्पा लीगको तेस्रो स्थानमा उक्लेको छ। शेर्पाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोडेको छ भने पराजित मछिन्द्र भने ४ खेलमा २ बराबरी र २ हारसँगै २ अंक जोडेको छ। त्यस्तै दोस्रो खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले जारी लीगमा पहिलो अंक प्राप्त गरेका छन्। यी दुई बीचको खेल ३(३ को बराबरीमा सकिएको थियो। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको निकै प्रतिष्पर्धात्मक खेलमा जावलाखेलका लागि अरुज सिंह, फाडो फोफाना र सुमन डँगोलले समान १(१ गरे भने फ्रेन्ड्सका लागि विकास लामा, फोफाना ब्राहिमान र धिरज श्रेष्ठले १(१ गोल गरे।  समान १(१ अंक जोडेको जावलाखेल लिगको १३औं र फ्रेण्ड्स १४औँ स्थानमा छ। त्यस्तै चौथो चरणको खेलपछि शत प्रतिशत नजिता निकाल्दै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ। मनाङले लिग खेलको चारैवटा खेल जित्दै १२ अङ्क रहेको छ भने तीन खेलमा जित तथा एकमा बराबरी नतिजासहित त्रिभुवन आर्मी क्लब १० अङ्कसहित अङ्कतालिकाको दोस्रो स्थानमा छ। त्यस्तै हिमालयन शेर्पा पनि १० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ।   साभार थाहा खवर
 

प्रतिकृया दिनुहोस
SITENAME

आईपीएलको १२औं सिजनमा अक्सनका लागि ३४६ खेलाडी लिलामीमा, ९ जना खेलाडीको मूल्य २ करोड

नवलपुर ,पुस ०३ इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको १२औं सिजनका लागि मंगलबार खेलाडीको अक्सन हुँदैछ । अक्सनका लागि ३४६ खेलाडी रहेका छन् । उनीहरु

SITENAME

कावासोती प्रथम मेयर कपको उपाधी वडा नं. ३ लाई

नवलपुर, पुस २ । कावासोती नगरपालिकाको आयोजनामा भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले कब्जा गरेको छ ।   आज भएको फाइनल

SITENAME

मेयर कप : सोमबार उपाधीका लागि कावासोती ३ र ४ भिड्दै

नवलपुर, पुष १ । कावासोती नगरपालिकाद्धारा सञ्चालित  प्रथम मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको मैत्रीपूर्ण खेलमा नवलपरासी बर्दघाट सुस्ता