बिद्यार्थीको नजरमा विद्यालय, जेल की विद्याको आलय

SITENAME

सन्दीप थापा 

पाल्पा, मङ्सिर ०२ 
 

 

भाषण गर्दा भनेको सुनिन्छ। कि विद्यालय विद्याको पवित्र मन्दिर हो। विद्यालय ज्ञानको घर हो। विद्यालय विद्यार्थीहरूको पवित्र  ज्ञानालय हो। यो भन्ने ब्यक्तीहरूले विद्यार्थीको मनोगत् विश्लेषण गर्न बिर्सिएका हुन्छन्। शिक्षार्थी को भावनाको कदर गर्न भुलेका हुन्छन्। र  विद्यार्थीहरूको नजरबाट विद्यालय नियालेका हुदैनन्।  


विद्यालयलाई जती सुन्दर र महत्वपुर्ण शब्दको फुलमाला ओडाएर जती भक्तिभावका साथ महिमा गान गरेपनि आखीर विद्यार्थीहरूलाई त्यो तबसम्म  तितो लागिरहन्छ जबसम्म विद्यार्थीकेन्द्रित बाल मैत्री शिक्षण सिकाई क्रियाकलाप  उत्साहाबर्धताका साथ सञ्चालन हुन सक्दैन। 


बर्तमान नेपाली शैक्षिक समाज, निजी शिक्षालय र सर्कारी शिक्षालयमा बिभक्त भएता पनि दुबैको उद्देश्ये बलथ जयध  प्रमाणपत्र बनाउ भन्ने रहेको छ। विद्यार्थीहरू चहान्छन्, विद्यालयमा आआफ्नो प्रतिभा प्रस्फुटन गर्ने माध्येम मिलोस्। विद्यार्थीहरू चाहान्छन्, विद्यालयहरूमा आफ्नो मनोभावनाको कदर गरियोस्। विद्यार्थीहरू चाहान्छन् आफूलाई शिक्षकहरूद्वारा सभ्य ब्यबहार गरियोस्। विद्यार्थीहरू कदापी चहाँदैनन् कि उनिहरूलाई मानसिक र शारिरिक यातना दिईयोस्। उनिहरू चाहादैनन् कि उनिहरूलाई जबर्जस्ती रुपले  सिद्दान्त रट्टान मार्नुपरोस्। उनिहरू चाहादैनन् कि विद्यालयमा उनिहरूको लागी अपमानजनक बातावरण सिर्जना गरियोस्। तर यही भईरहन्छ‌ जुन कुरा बिद्यार्थीहरूले चाहेका हुदैनन्।


शिक्षाबिद्हरूले भन्छन् कि शिक्षाको उद्देश्ये विद्यार्थीहरू वा सिकारुलाई ज्ञान सिप र क्क्षेमता अबिवृद्दीका साथमा उनिहरूको आन्तरिक ब्यबहारमा सुधार ल्याउदै   अन्तरनिहित प्रतीभालाई प्रस्फुटित गराउन अभिप्रेरित गर्नु हो। तर यहाँ केबल शिक्षाको उद्देश्ये अभचतषष्अबतभ बनाउने मात्र भएको छ। न कि विद्यार्तीको ब्याबहारमा त्यसको प्रभावको मुल्याङ्कन्।विद्यार्थीहरूको क्षमता मापनका लागी भनेर बिभिन्न शैक्षीक क्रियाकलापहरूको नाटक रचिन्छ।

 विद्यालयमा बिभिन्न परिक्षाहरू हुन्छन्। अधिकांस विषयहरूमा न्युनतम् २५५ परिक्षा ब्यबहारिक मुल्याङ्कनका आधारमा सञ्चालन हुने ब्यबस्था शिक्षासम्बन्धी बिभिन्न ऐन कानुन तथा नियमावलीहरूले गरेका छन्। तर यसको प्रभावकारी कार्यन्वेयन भएको छैन। ७५५ लिखीत परिक्षाका अलाबा गर्नुपर्ने २५५ ब्यबहारिक परिक्षा अधिकांस विद्यालयहरूले गरेको पाइदैन। यदी गरिहाले पनि झारा टार्न र कागजी प्रक्रिया पुर्याउनका लागी मात्र लोलोपोतो गर्छन्। विद्यार्थीहरूलाई तत्सम्बन्धी ब्यबहारिक जाँच लिनुको सट्टा उसले  लिखीत परिक्षामा प्राप्त गर्ने अङ्कलाई आधार मानेर प्रयोगात्मक परिक्षाको  नंवर चढाइन्छ। वा भनौँ विद्यार्थिको क्षेमता नजाचीक नै  आफूखूसी अङ्क प्रदान गर्न पछी पर्दैनन्  शिक्षकहरू।


प्रयोगात्मक परिक्षाको सन्दर्भमा म एउटा कुरा सम्झिन्छू, म आधारभुत तहको अन्तिम परिक्षा दिने बेलामा गुरुले भन्नुभएको थियो। तिमीहरूको २५५ नम्बर मेरो गोजीमा छ। तिमीहरूले गृहकार्य राम्रोसंग गर्यौ भने मात्र अङ्क पाउनेछौँ नत्र  तिमीहरूको उचबअतष्अभि mबचपक कम आउनेछ। यसले विद्यार्थीहरूलाई मननोवैज्ञानिक दबाब दिएको तथा बिद्यार्थीहरूको ब्यबहारिक मापनलाई तिलान्जली  दिएको मेरो ठम्याई छ।  अधिकांस विद्यालयहरूमा त के समेत हुने गरेको पाईन्छ भने उचबअतष्अभिनंवर शिक्षकले उचबअतष्अभि भहबm हुनुअगावै रजिस्टरमा चढाईसकेका हुन्छन् र  कागजी प्रक्रिया पुर्याउनका खातिर  उचबअतष्अभि भहबmष्लबतष्यल को ढोङ रच्छन्।


कतिपय  विद्यार्थीहरू  किताव घोक्न खप्पिस हुन्छन् भने कतिपय विद्यार्थीहरू  त्यसको ब्यबहारिक कार्यन्वेयनमा उत्कृश्ट। तर हाम्रो शैक्षिक सभ्य भनाउदो समाजले केबल सुघारटाई गर्ने  वा पुस्तकको किरा बनी परिक्षामा पुस्तकको हुबहू उत्तर लेख्ने  विद्यार्थीहरूलाई  तबबिलतविद्यार्थीको दर्जा दिएको छ। घोक्न नसक्ने तर त्यसको ब्यबहारिक कार्वन्येवनमा चुस्तताका साथ लाग्ने विद्यार्थीलाई खूबै भने अनुसासित विद्यार्थी हो भन्ने शब्दोच्चारण समेत बल्ल बल्ल गरिन्‍छ तर उसलाई तबभिलत भनिदैन। वास्तवमा तबभिलत त्यो हो जसले ब्यवहारिक रुपान्त्रण गरेको हुन्छ सिकेका कुरालाई तर हाम्रो समाजले यो कुरा मान्न तयार छैन।


विद्यार्थीहरूलाई जतिखेर पनि रट्न लगाइन्छ  किताब कण्ठ गराउन लगाइन्छ। यसले गर्दा विद्यार्थीको मौलिक विकासमा समेत बाधा पुगेको पत्तो पाउदैन हाम्रो समाजले।६ घण्टा विद्यालयको दबाबलाई बल्ल बल्ल बिसर्जन गर्नका लागी घर गएको विद्यार्थीमाथी  अभिभावक को टोकसो सुरु हुन्छ तत्काल नै ूयसको जयmभधयचप गरिस् कि गरिनस्रु फलानो सरको विषयको पाठ रटिस् कि रटिनस्ू घरमा हुदाको समयमा अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालयमा सिकेका कुराको ब्यबहारिक रुपान्त्रण गर्ने मौका दिनुपर्ने बेलामा उनिहरूले आफ्नो बच्चालाई कसरी किताबको किरो बनाउन सकिन्छ भन्ने कुरामा तपस्या गर्छन् अनि आफ्नो सन्तान रातभरी नै किताबको किरो बनिरहोस् भन्ने सोँच बिकास गर्न पनि पछी हट्दैनन् र त्यसलाई नै आफ्नो प्रतिस्ठा सम्झन्छन्। 


एक जना मेरा  साथी निकै अब्बल थिए परिक्षामा मार्कसिटमा बडेमानका अङ्क प्राप्त गर्नका लागी, तर उनका उत्तरहरूमा भने त्यती मौलिकता देखिदैननथ्यो।   बिबेचनात्मक उत्तरहरू समेत गाईडमा रहेको कुरा दुरुस्तै सारेको देखेर हामी सबै छक्क पर्थ्यौँ। तर मौलिक एवं समालोचनात्मक उत्तर लेख्ने  मित्रहरूले भन्दा पुस्तकको हुबहु उत्तर लेख्ने भएकोले  उनैले नै सबैलाई उछिन्थे परिक्षाको नतिजामा सर्वोत्कृस्टता हासिल गरेकोले  एक दिन उनलाई मैले सोधेको थिएँ कि तिम्रो यो क्षेमता र परिक्षामा बढी अङ्क प्राप्त गर्ने फर्मुला हामीलाई पनि सिकाइदेउ न।


उनले हास्दै भनेका थिए ूनययम चभकगति . घोकलाईजेसन प्लस रट्टीफिकेसन्ू यो त प्रणालीगत समस्या भयो विद्यालयहरूले यो समस्या समाधानका लागी ठोस कदम लिन नसक्लान तर केही हदसम्म यसको बिकृत रुपलाई भने सुधार गर्ने आँट गरे भने असफल हुने जस्तो मलाई लाग्दैन।


अधिकांस विद्यालयहरूमा विद्यार्थीहरूलाई मैत्रीपुर्ण ब्यबहार गरिएको  पाइदैन। उनिहरूलाई सधै शिक्षाको दास बनाईन्छ।  गृहकार्यको गुलाम बनाईन्छ। हामी विद्यार्थीहरूले गृहकार्य नगरेमा  शिक्षकहरूले गृहकार्य नगर्दाको सजायको भागेदारी बनाउछन्,  गृह कार्य किन गरिनस् भनेर  भकुराभकुर गर्छन्। विद्यार्थी नाजवाफ रहनुपर्छ। कुनै जवाफ दिईयो जुन जवाफले शिक्षकलाई   अनेपेक्षित प्रभाव पार्यो भने उनिहरूले प्रयोगात्मक परिक्षामा अरुलाई भन्दा कम अङ्क दिएर प्रतिशोध साँध्छन् ता कि उसले जती राम्रो ब्यबाहारिक रुपान्त्रण नै गरेको किन नहोस्।


 प्रत्येक जसो  विद्यालयहरूमा  सबै किसिमका बिद्यार्थीहरू हुन्छन्। शिक्षकले बताएका कुराहरू कुनै विद्यार्थीहरूले चाँडै बुझ्छन् र विश्लेषण समेत गर्छन्, कतिपयले  केही ढिलो बुझ्छन् भने कतिपयलाई बुझाउनका लागी केही धेरै समय लाग्न सक्छ। तर धेरैजसो विद्यालयहरूमा शिक्षकले केही तबभिलत कतगमभलतक लाई मात्र केन्द्रित गरेर पढाएको पाईन्छ।     तुलनात्मक रुपले कम्जोर ठानिएका विद्यार्थीहरूलाई त्यति वास्ता गरेको पाइदैन यसले गर्दा   कमजोर विद्यार्थीहरूको मनोबल  गिर्दै गईरहन्छ र अन्त त उनिहरूलाई  मष्उचभककष्यलको समेत सिकार हुनुपर्छ।


 विद्यार्थीहरूलाई सबैभन्दा मन नपर्ने  कुरा हो ूबाबु१ तैँले धेरै पढ्नुपर्छ राम्रो गर्नुपर्छ र धेरै अङ्क प्राप्त गर्नुपर्छ। ू यसले विद्यार्थीहरूको मनलाई चिड्याउने काम समेत गर्छ। विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुपर्छ केही  गर्नका लागी, शैक्षीक स्तर सुधारका लागी, यसका निम्ती हौसला प्रदान गर्ने नौला बाटाहरूको पहिचान गर्नुपर्छ नकि शिक्षाको बोझ उनिहरूको टाउकोमाथी थमाइदिनु


 अधिकांस विद्यार्थीहरूका लागी पढाई बोझ बन्दछ, जबर्जस्ती आँखा चिम्लिएर खाईरहनुपर्ने तितो ओखती  भएको छ। वर्षैभरी उहि समय, उहि समयतालिका, उहि पुस्तक, उहि शिक्षक र उहि विषयवस्तु रट्दा रट्दा विद्यार्थीहरू मानशिक रुपमा  अत्यन्त थकित हुन्छन्, न त  यो बिद्यार्थीहरूको मनोभावना शिक्षकहरूले बुझ्न चाहान्छन्, न अभिभावकहरू नै आफ्नो सन्तानको यो कुरा बुझ्न नै सक्छन्। उनिहरूलाई त जसरी भएपनि अङ्क थोपरिदिनु छ विद्यार्थीहरूले। उनिहरूकै लागी भए पनि मन नलागीनलागी गृहहकार्य गरिदिनुछ  अनि उनिहरूलाई खुसी तुल्याउनकै  लागी भएपनि कम्तीमा १५ घण्टा  पुस्तकको किरो बनेर अबिछिन्न र अनबरत रुपमा  पाठ्यपुस्तक समातिरहनुपर्छ विद्यार्थीहरूले।


 विद्यार्थीहरू भनेको पढ्नुपर्ने व्यक्तीहरू हुन्। यसमा दुईमत छैन, तर केबल पाठ्यक्रम पढ्नुमात्र विद्यार्थीहरूको लागी  असह्य कुरा हुन आउँछ। विद्यार्थीहरूले पढ्नुपर्छ समाचारपत्र र सामान्य ज्ञानका पुस्तकहरू, उनिहरूले जान्न पाउनुपर्छराजनैतिक विचार वा दार्शनिक पक्षेहरूबारे विचार विमर्श र गन्थनमन्थन गरिएर लेखिएका पुस्तकहरूको कुरा। अनि  उनिहरूलाइ दिईनुपर्छ पाठ्यक्रम बाहिरका कथा उपन्यास लगाएतका अन्य कृतिहरु पढ्ने मौका, अनि मात्र   विद्यार्थीहरू र अभिभावक तथा शिक्षकबिचको त्रिपक्षिय सम्बन्ध राम्रो हुने छ। विद्यार्थीहरूको सामाजिकिकरणको पाटोलाई बलियो बनाई सर्वाङ्गीण सामाजिक बिकास गर्न तथा विद्यार्थी स्वेयम् को शारिरिक मानसिक संवेगात्मक र बौद्दिक क्षमताको अभिबृद्दी गरी समुन्नत शैक्षिक परिपाटी निर्माण गर्नका लागी उनीहरूको चौतर्फी बिकासमा  ध्यान दिनुपर्छ। विद्यार्थीले पढ्न नजान्दैमा सबै कुरा सकिन्छ भन्ने सङ्कुचित सोँच त्याग्नुपर्छ अनि पढाईमा अब्बल भएका सबै विद्यार्थीहरू मात्र असल र सर्वोत्तम चरित्रका हुन्‌छन् भन्ने भ्रमलाई चिर्नु जरुरी देखिन्छ । उनीहरूको भावना बुझि सकारात्मक र रचनात्मक प्रतिक्रिया दिनुपर्छ  नत्र विद्यार्थीहरूले शिक्षक वा अभिभावकहरूलाई  आफ्नो बिरोधी ब्यक्तित्वको रुपमा मन मस्तिश्कमा प्रतिशोधपुर्ण भावना जगाउन थाल्छन्। यस तर्फ ध्यान नपुर्याउनाले विद्यार्थीहरू अवाञ्छनिय गतिबिधीहरूमा पनि संलग्न हुने क्रम देखीएको छ।


म  ७ कक्षामा पढ्दा मैले एक जना गुरुले पढ्दै गर्नुभएको पुस्तक मागेको थिएँ पढ्नका लागी उहाँको जबाफ थियोरु यो बेला तिमीले आफ्नो कोर्सको पुस्तक पढ्नुपर्ने बेला हो।  यी नानाभाँतिका पुस्तकहरूले तिम्रो समय बर्बाद गरिदिनेछन्। यती भनेर उहाँले १० कक्षा पश्चात मात्र आफूले पुस्तकका ठेलीहरू उपलब्द गराइदिन्छु भन्दै कुराको किनारा लगाउनुभएको थियो।।  यसले स्वभाविक रुपमै मलाई  हिनताबोध  उत्पन्न भयो। यस्ता धेरै कारणहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष परोक्ष रुपमा विद्यार्थीहरू प्रभावित भईरहेका हुन्छन्। यो कुरा किन बुझ्न सक्दैन अहिलेको सभ्य भनाउदो शिक्षित समाजरु
कतिपय अवस्थामा विद्यार्थीहरूलाइ सिकाएका कुराहरूको उल्लङ्घन शिक्षकहरूबाट पनि भएको पाईन्छ जसका कारण विद्यार्थी हरूमा पनि त्यसको  सुप्रभाव पर्न सक्दैन। विशेष  गरी नेपालका दुर्गम भेगका एवं गाउँको सेरोफेरोमा रहेका विद्यालयहरूमा अध्यापन गर्ने  शिक्षकहरू रक्सी जाँड वा बियर ले टिल्ल परेर आएर विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षा पढाउँदै भन्छन्, ूरक्सी खानु स्वास्थ्यका लागी हानिकारक छू।   यो कुरा साँचो भएता पनि शिक्षकको त्यो स्वरुपको प्रस्तुतिले विद्यार्थीहरूले शिक्षक को कुरामा विश्वाँस गर्ने वातावरण पाउदैनन्, र कतिपय विद्यार्थीहरू शिक्षक वा आफ्ना अभिभावकहरूको देखासिकीमै कुलतको ‍शिकार बन्छन्। , यसमा  बिद्वान, विज्ञ, भद्र भलाद्मी शिक्षक र अभिभावकहरूको सचेत र बिबेकी मस्तिष्कको ध्यान पुग्न नसकेको पो हो किरु 


विद्यार्थीहरुद्वारा प्रकट गरिएको जिज्ञासामा शिक्षकहरूको  घोँचपेचपुर्ण जवाफले पनि विद्यार्थीहरूलाई आफ्नो शिक्षक प्रती नजानिदो तरिकाले नकारात्मक धारणा विकसित गराइदिन्छ र उसले आफ्ना जिज्ञासाहरूलाई मनमै थन्काउँछ। तसर्थ विद्यार्थीका जिज्ञासालाई उडन्ते ढङ्गले नलिनका लागी शिक्षकहरूमा मेरो विशेष अनुरोध छ।


सामाजिक विषय अध्ययन गराउँदा शिक्‍षकहरूले बन्द हड्ताल गर्न नपाईने कुरामा खुब जोडदार प्रवचन गर्छन्। यो निकै घृणित काम भएको समेत  बताईन्छ। आफ्नो अधिकारका लागी अरुको  अधिकार हनन् गर्न नहुने पक्ष पनि उठ्छ। रचनात्मक क्रियाकलापमार्फत कुनै विषय वा राजनैतिक मुद्दाप्रती बिरोध जनाउनु उपयुक्त माध्यम भएको कुरा अनेक तर्कसहित शिक्षकहरूले विद्यार्थीहरूलाई बताउँछन्।  विद्यार्थीहरूलाई बन्द हड्तालले पारेका असरहरू समेत जानकारी गराउँछन्। तर आफ्ना अनेकौँ मागहरू लिएर शिक्षकहरूले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिन्छन्। यसले ब्यबहार र पुस्तकको कुराको तालमेल मिल्दैन र विद्यार्थीहरूको वालसुलभ जिज्ञासु मस्तिष्कमा  नमिठो छाप पर्छ। तसर्थ देखाउने दाँत एउटा र टोक्ने दाँत अर्को हुँदा विद्यार्थीहरू रनभुल्लमा परेका हुन्छन्। 


विद्यार्थीमैत्री एवं वाल  मैत्री ब्यबहार अपनाउन नसक्दा हाल लगभग ८०५ भन्दा धेरै विद्यालयहरू विद्यार्थिहरूका लागी जेल समान छन्। एउटै विद्यालय पनि कुनै शिक्षार्थीका निम्ती सुन्दर पाठ्यालय बन्न पुग्छ भने कुनैलाई कुरुप जेल। कारण स्पस्ट छ  रुची र क्षमतामा भएको विविधता। यो कुरालाई मनन् गर्न नसक्दा विद्यार्थीहरू विद्यालयबाट बिकर्षित हुन्छन् र शिक्षा आर्जनको बाटोलाई लत्त्याउन पुग्छन्। अहिलेको समकालिन सुघा रटुवा शैक्षिक प्रणालीमा सुधार नहुने हो भने विद्यार्थीहरू विद्यालयबाट थप पलायन हुने संभावना रहन सक्छ।   एक कक्षामा भर्ना भएका विद्यार्थीहरू त्यसको दस वर्षपछी आधा भन्दा धेरै घट्छन्। यसको कारणको रुपमा ब‍ैदेशिक रोजगारी वा सामाजिक एवं आर्थीक असम्पन्नतालाई औँल्याइएता पनि यसको मुख्य कारण विद्यार्थीहरूको विद्यालयप्रतीको बेरोची हो  भन्ने तथ्य म स्वेयं विद्यार्थी  भएको नाताले दाबा गर्दछू।  यसमा न त अभिभावकहरू वास्ता गरेको पाईन्छ न त विद्यालय व्यबस्थापन समिती वा शैक्षीक निकायको उच्च ओहोदामा बिराजमान महामयीमहरूले नै। यसले गर्दा सामुदायिक तथा निजी विद्यालयप्रती विद्यार्थीहरूको धारणामा नकारात्मकता आएको छ। 


   शिक्षाको उद्देश्ये जीवन र जगतका बारेमा ज्ञानार्जन गर्नु हो१११ न कि सिमीत अङ्कमा मानविय क्षेमता परिक्षण गर्नु११ । तर आज हामीहरूले सिमीत सुगारटुवा शैक्षिक दुर्ब्यबस्थाको घुम्टो जबर्जस्ती ओडेर नौली दुलही सरी रोईरहेका छौँ। यसलाई सुधार गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान नजादा विद्यालयहरू बिद्यार्थीको दृश्टिकोणबाट कारागार बन्दै छन्। प्रणालीगत समस्याका अलावा प्रशासनिक  अब्यबस्थापन र  पुरानो कार्यशैलीको पठनब्यबस्थाले बिद्यार्थीहरूको मनोभावनाअनुरुप शिक्षण सिकाई क्रियाकलाप हुन सकेको देखिदैन।  प्रतिभामा भन्दा प्रमाणपत्रमा, ब्यबहारिकतातर्फ भन्दा सिद्दान्तमा हाम्रो शैक्षिक प्रणाली गुज्रिरहँदासम्म विद्यार्थीहरूले बिद्यालयलाई  खुल्ला सिकाईको माध्यमको महत्वपुर्ण निकायको रुपमा स्विकार्न कदापी सक्नेछैनन्। शैक्षिक निकायमा रहेको बेथिती र बिसङ्गतीको अन्त्य गर्दै सक्षम सबल र उत्पादनशील नागरिकको रुपमा अहिलेका वर्तमानका साझेदार रहेका आम विद्यार्थीहरूलाई  भविष्यमा देशको बागडोर संहाल्न लायक बनाई सम्बृद्दीको भर्याङको एउटा खुड्किलो उक्लिनका लागी अव हाम्रो सङ्कुचित मानसिकतामा परिवर्तन गर्ने होईन ररु  
विद्यालयलाई विद्यार्थीको नजरमा जेल बनाउनेकी बिद्याको पवित्र आलय बनाउने त्यसको जिम्मा शिक्षक अभिभावकका अलावा शिक्षाबिज्ञ र शैक्षिक महामयिमहरूलाई नै

सबैलाई चेतना भया

प्रतिकृया दिनुहोस
SITENAME

सरकार ! मलाई केही नदेऊ।

सन्दीप थापा पाल्पा,मङ्सिर २५ । अरे वा ! आज  हर्केको घरखेत बैंकले लिलामी गरेछ। उसको छोरो साहुको ऋण तिर्ने आशले भारतको बाटो भएर ईराक पुगेको उतै

SITENAME

जेठाबा को दशैं

लघु कथा   लेखक - राजन न्यौपाने    तिमी यो दलान छेउको दुबो सनक्क उखेल,अनि दुबै जना मिलेर माटो थपेर भुइँ सम्याऔला,म बाँस गाड्नलाई डोब बनाउदै

SITENAME

महिला हिसां !! राज्यको मौनता कहिले सम्म ?

मुना दाहाल  नवलपुर ,भाद्र ०९  देशमा यतिखेर महिला हिसां बिरुद्दको आन्दोलनले चर्को रुप लिएको छ । पढन गएकी छारी बलात्कार पछि मृत अवस्थामा फेला