गौं संरक्षणको माग गदैं कावासोतीमा गाईको र्याली 

SITENAME

नवलपुर, २१ कात्तिक ।


गौं संरक्षणको माग गदैं पूर्वी नवलपरासीको कावासोतीमा गाईको र्याली निकालिएको  छ । गाई प्रति देखाउनु पर्ने सद्भाव राष्ट्रिय रुपमा घट्दै गएको, स्थानीय जातका गाईहरु लोप हुँदै गएको, राजमार्गमा दैनिक रुपमा सवारी साधनको ठक्करबाट अकालमा गाईहरुले ज्यान गुमाउनु परेको लगायतका समस्या राख्दै र्याली  निकालिएको हो । 

 

गाईलाई माला लगाई कावासोतीका विभिन्न स्थान परिक्रमा गरिएको गाई संरक्षण अभियान्ता ठाकुर प्रसाद शर्माले बताउनुभयो । गौं र्याली कावासोती थकाली चोक हुँदै, फलफुल चोक, कावासोती २ र ३ को राजमार्गदेखि दोश्रो बाटो हुँदै कावासोती ३ मा रहेको गौशाला  सम्म ल्याइएको ठाकुरले जानकारी दिनुभएको छ । 

अहिले कावासोती ३ मा रहेको विश्वकर्मा कामधेनु गौशालाले विभिन्न स्थानीय जातका गाईहरुको संरक्षण गदैं आएको छ । यहाँ मानिसहरुले छाड छोडेका, दुध दिन छाडेका गाईहरुलाई राखिदैं आईएको छ । हिन्दु धर्ममा गाईको विशेष महत्व दिईन्छ । यस्तो कार्यक्रम नवलपुर क्षेत्रमा पहिलो पटक आयोजना गरिएको हो । 

 

केहि बर्ष पहिले कावासोती थकाली चोकमा सवारी साधनको ठक्करबाट मृत्यु भएको गाईलाई मानिसको जस्तै मलामी बनेर दाहासंस्कार समेत गरिएको थियो । यो घटनाले देशभरको ध्यान समेत केन्द्रित गरेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ