छहारी संगम द्धारा आयोजीत जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधी  जनज्योति युवा क्लब लाई

SITENAME

नवलपुर, २० कात्तिक ।


नेपालीहरुको महान पर्व दशै तिहार लाइ लक्षित गरि छहारी संगम युवा क्लब द्धारा आयोजना गरिएको १ महिने जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधी  जनज्योति युवा क्लब कावासोती ३ ले उचालेको छ । फाइनलमा पुगेको योङ्ग स्टार युवा क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै जनज्योति युवा क्लब बिजयी भएको हो ।

 

जनज्योति युवा क्लबले नगद २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता योङ्ग स्टारले १५ हजार नगद मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

कार्यक्रमा क्लब का अध्यक्ष तवारत अहामद मिया को सभापतित्व र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ्गले खेलाडी भनेका देशका गहना हुन् र खेलकुदको क्षेत्रबाटै देशलाइ चिनाउन सकिने भएकाले खेलकुदको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

 

यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा प्रदेश सांसद रोशन गाहा, खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनीया, वडा न.१ का अध्यक्ष नारायण पन्त लगायत रहनुभएको थियो ।
कार्यक्रम कावासोती १ मा रहेको छहारी संगम युवा क्लबको खेल मैदानमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस
SITENAME

टि–२० स्म्यासको उपाधि घरेलु टोली थाइल्याण्डलाई : नेपाल ७० रनले पराजित

काठमाडौं,माघ ५ :  थाइल्याण्ड टि–२० स्म्यासको उपाधि घरेलु टोली थाइल्याण्डले जितेको छ। शनिबार भएको फाइनल खेलमा नेपाल थाइल्याण्डसँग ७० रनले

SITENAME

देवचुलीमा उपमेयरकप को उद्घाटन, उद्घाटन खेलमा शान्ति दिप विजयी

नवलपुर, पुष १५ । देवचुली नगरपालिकामा प्रथम उपमेयरकप तथा २४ औँ जिल्लास्तरीय भलिबल प्रतियोगिता आइतबार उद्घाटन गरिएको छ । प्रतियोगिताको आज एक

SITENAME

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

नवलपुर , पुस ०६ शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ११ बजे हुने पहिलो