राइनो गोल्डकप:आयोजक नवलपरासी लाई ३–२ गोल अन्तरले पराजित गदै विरगन्ज युथ एकेडेमी सेमिफाइनलमा प्रवेश

SITENAME

नवलपुर,कार्तिक २०

निशा भण्डारी

नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज (मंगलबार) विरगन्ज युथ एकेडेमी विजयी भएको छ । विरगन्ज युथ एकेडेमी र आयोजक नवलपरासी बिचको खेलमा विरगन्ज युथ एकेडेमीे ३–२ गोल अन्तरमा विजयी  भई प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

खेलको पहिलो हाफको ८ औं मिनेटमा केभिनले गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाएका थिए । तर १२ मिनेटमा आत्मघाती गोलमार्फत नवलपरासीले बराबरी गयो । पहिलो हाफकै २५ मिनेटमा चतुर्धन चौधरीले गोल गर्दै वीरगञ्जलाई फेरि २–१ को अग्रता दिलाए । पहिलो हाफकै ३५ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गराई वीरगञ्जलाई पहिलो हाफमै ३–१ को अग्रता लियो । दोस्रो हाफमा सबी गुरुङले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि हार टार्न भने सकेनन् ।वीरगञ्जले अब फाइनल प्रवेशका लागि २७ गते नेपाल पुलिस क्लबसगं भिड्ने छ । खेलको म्यान अफ दि म्याच नवलपरासी जर्सि नम्वर १४ का  सुलभ मास्के भए ।प्रत्यक दिनको खेलका म्यान अफ द म्याच हुने खेलाडिहरुलाई ५ हजारको ब्यवस्था गरिएको छ ।

 

प्रतियोगिताका बाँकी खेलहरु तिहारपपछि संचालन हुने छ । आयोजक नन्द – भाउजु मध्यवर्ति उपभोत्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले कार्तिक २५ गते च्यासल युथ क्लब र एनआरटि न्युरोड टिम भिड्ने  जानकारी दिनु भयो । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

टि–२० स्म्यासको उपाधि घरेलु टोली थाइल्याण्डलाई : नेपाल ७० रनले पराजित

काठमाडौं,माघ ५ :  थाइल्याण्ड टि–२० स्म्यासको उपाधि घरेलु टोली थाइल्याण्डले जितेको छ। शनिबार भएको फाइनल खेलमा नेपाल थाइल्याण्डसँग ७० रनले

SITENAME

देवचुलीमा उपमेयरकप को उद्घाटन, उद्घाटन खेलमा शान्ति दिप विजयी

नवलपुर, पुष १५ । देवचुली नगरपालिकामा प्रथम उपमेयरकप तथा २४ औँ जिल्लास्तरीय भलिबल प्रतियोगिता आइतबार उद्घाटन गरिएको छ । प्रतियोगिताको आज एक

SITENAME

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

नवलपुर , पुस ०६ शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ११ बजे हुने पहिलो