तिहारको दोस्रो दिन : कुकुरलाई मीठा मीठा परिकार

SITENAME

नवलपुर कार्तिक २०

नेपालीको दोस्रो महान चाड मानिने तिहारको दोस्रो दिन आज घर–घरमा कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर अथवा कुकुरको पुजा गरि मनाइँदैछ ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ । कुकुरलाई मानिसले साथी समेत मानेको पाईन्छ । कुकुर मानिसको साथी मात्र नभएर रक्षक पनि हो।

 

घरको सुरक्षादेखि अपराधी पत्ता लगाउने कामसमेत कुकुरले गरेको हुन्छ । त्यसैले पनि कुकुरको महत्त्व विशेष रहेको छ । विश्वभरका प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै आएका छन्। कतिपय अवस्थामा अनुसन्धान अधिकृतहरूले पत्ता लगाउन नसकेका अपराधी कुकुरको सहयोगमा पत्ता लागेको छ । धेरै प्रजातिका कुकुरको प्रजातिअनुसार फरकफरक विशेषता  हुन्छ । कुकुरमा वातावरणमा हुने सानोतिनो हलचल पनि थाहा पाउने सक्ने क्षमता कुकुरमा रहेको हुन्छ।


त्यस्तै आज नरक चतुर्दशी बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको मानिन्छ ।यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ ।तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

डोल्पाको ठूलोभेरीमा जिप दुर्घटना, १० जनाको मृत्यु २ घाइते

डोल्पा,कार्तिक १९ । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै

SITENAME

डोल्पाको ठूलोभेरीमा जिप दुर्घटना, १० जनाको मृत्यु २ घाइते

डोल्पा,कार्तिक १९ । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै

SITENAME

गैडाकोटको थुम्सिमा ट्रकलाई बसले ठक्कर दिदा ११ घाइते, ३ जना गम्भिर

गैडाकोट,कार्तिक १९  गैडाकोटको थुम्सिमा आज विहान भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भिर रहेको छ  ।   विहान ५ वजे