कावासोती नगरपालिकामा ई–टेन्डर को शुरुवात

SITENAME

कावासोती, १९ कात्तिक ।


कावासोती नगरपालिकाले ई–टेन्डर को शुरुवात गरेको छ । नगरपालिकाले खुलाएका खोलाको टेन्डर लगाएत ठुला खालका टेन्डर अनलाईन मार्फत भर्न सकिने कावासोती नगरपालिकाका सुचना अधिकारी पवन रुपाखेतीले बताउनुभयो ।

 

खरिद कार्यालयको अनलाईन सिस्टममा गएर नगपालिकाले आवहन गरेको टेन्डरका लागि अनलाईन मार्फत फारम भर्न सकिने उहाले बताउनुभएको छ । अनलाई मार्फत टेन्डर भर्दा व्यवसायीलाई फर्म भर्न सहज हुने छ ।

 

यस्तै नगरपालिकालाई समेत फाईदा पुग्ने छ । अनलाईन मार्फत भर्दा प्रतिस्पर्धा धेरै हुने र पूर्ण गोपनियता हुने भएकाले खोलाजन्य पदार्थ बिक्रिका लागि धेरै रकममा ठेक्का लाग्ने तथा नगरका काम गर्दा कम दरमा गराउन सकिने नगरपालिकाले जनाएको छ ।

 

कावासोती नगरपालीकाले वडा कार्यालय भवन निर्माणका लागि टेन्डर आवहन गरेको छ । नगरपालिको वडा नम्बर ९ र वडा नम्बर १५ को नया भवन निर्माणका लागि टेन्डर आवहन गरेको छ ।

 

यस्तै कावासोतीमा रहेको केरुङ्गे खोला लगाएतका खोलाको समेत टेन्डर आवहन गरेको छ । खरिद कार्यालयको अनलाईमा गएर यसको फारम भर्न सकिने कावासोती नगरपालिका सूचना अधिकारी रुपाखेतीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

कावासोती नगरपालिकाको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी 

नवलपुर, कात्तिक २७ । पुर्बी नवलपरासीको कावासोती नगरपालिकाले आइतबारदेखि सन्चालन गरेको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी राखेको छ । जस अन्तर्गत

SITENAME

राइनो संरक्षण गोल्डकप : पहिलो सेमिफाईनल मा विजयी भएसँगै नेपाल पुलिस क्लब उपाधी नजिक

नवलपुर, कात्तिक २७ । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक नेपाल पुलिस क्लब

SITENAME

यातायात सेवा कार्यालय कावासोतीद्धारा एक महिनाको अबधिमा एक करोड भन्दा बढी राजश्व संकलन ।

नवलपुर, कात्तिक २७ । यातायात सेवा कार्यालय कावासोतीले एक महिनाको अबधिमा एक करोड रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख जितबहादुर