राइनो गोल्डकप : नेपाल पुलिस क्लव विजयी

SITENAME

 

नवलपुर , कार्तिक १९ ।


नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज (सोमबार)  नेपाल पुलिस क्लव विजयी भएको छ । राईनो गोल्कप फुटबल को डिफेन्डिङ च्यामपियन सि एम जि संकटा माथि १-० बिजयी भएको छ ।

 

पहिलो हाफ को १३ मिनटमा नेपाल पुलिस क्लवका जर्सि न ८ का खेलाडी अविसेक रिजालले गरेको गोल नै आजको खेलको निर्णायक गोल बन्न पुग्यो । पहिलो खेलमा १-० ले पछि परेको सङ्कटाले दोस्रो हापमा आक्रमक देखिय पनि गोल गर्न सकेन । खेलको दुबै हापमा दुबै टिमले गोल्डन अवसर प्राप्त गरेपनि दोस्रो हापमा दुबै टिमले गोल गर्न सकेन खेलको म्यान अफ द म्याच निर्णायक गोल कर्ता नेपाल पुलिस क्लव जर्सि न ८ का अभिषेक रिजाल भए ।

 

 

प्रतियोगिता अन्तर्गत मंगलबारको खेल आयोजक नवलपरासि र विरगन्ज युथ एकेडेमी बीच हुनेछ । आयोजक नवलपरासिले उद्धाटन खेलमा रुपन्देही ११ लाई र विरगन्ज युथ एकेडेमीले कास्की ११ लाई हराएको थियो ।

 

प्रतियोगितामा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए यस्तै २६ गते एपीएफ क्लब र मनाङ–मर्स्याङ्दी क्लवबीच हुने प्रचार–प्रसार संयोजक बिष्णु अधिकारीले जानकारी दिए । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

कावासोती नगरपालिकाको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी 

नवलपुर, कात्तिक २७ । पुर्बी नवलपरासीको कावासोती नगरपालिकाले आइतबारदेखि सन्चालन गरेको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी राखेको छ । जस अन्तर्गत

SITENAME

राइनो संरक्षण गोल्डकप : पहिलो सेमिफाईनल मा विजयी भएसँगै नेपाल पुलिस क्लब उपाधी नजिक

नवलपुर, कात्तिक २७ । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक नेपाल पुलिस क्लब

SITENAME

यातायात सेवा कार्यालय कावासोतीद्धारा एक महिनाको अबधिमा एक करोड भन्दा बढी राजश्व संकलन ।

नवलपुर, कात्तिक २७ । यातायात सेवा कार्यालय कावासोतीले एक महिनाको अबधिमा एक करोड रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख जितबहादुर