मालपोत कार्यालय नवलपुरमा अनलाइन सेवा सुरु : किर्ते कागजी कारोबार ठप्प

SITENAME


कावासोती ,कात्तिक १६ 


नेपाल सरकार भुमिसुधार तथा व्यवस्था मन्त्रालय भुमिसुधार व्यवस्थापन विभाग मालपोत कार्यलय नवलपुरले अनलाईन मार्फत सेवा शुभारम्भ गरेको छ । भुमी ब्यबस्था तथा अभिलेख बिभागका महानिर्देशक मुक्ती प्रसाद आचार्यले आज एक कार्यक्रमका बिच मालपोत कार्यालय नवलपुरमा अनलाईन सेवाको शुभारम्भ गर्नुभएको हो । 

 

देशभरका जग्गा प्रशासन कार्यालयको एकत्रित तथ्यांक राख्ने उद्देश्यले एल आर आई एम एस एप्लिकेसनमार्फत अनलाइन सेवा शुभारम्भ गरिएको भुमी ब्यबस्था तथा अभिलेख बिभागका निर्देशक राम दत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर रहेका १३१ मालपोत कार्यालय मध्य प्राय मुख्य एवं बढी कारोबार हुने कार्यलयमा यो सेवा शुभारम्भ गरिएको छ । 

 


अहिले सम्म यो कार्यालयसहित देशका ३९ वटा मालपोत कार्यालयमा सेवा शुभारम्भ गरिएको भट्टले बताउनुभयो । यो सेवा सन्चालनमा आएसङ्गै किर्ते कागज गरि हुने जग्गाको कारोबार ठप्प हुने र राजश्व संकलनमा उल्लेख्य वृद्धि हुने उहाँको दाबी छ ।

 

साथै यो सेवाले एक ब्यक्तिको जग्गा कति छ भन्ने सहज रुपमा थाहा हुने र लुकाउन नपाईने पनि उहाँले स्पस्ट पार्नुभयो ।यो सेवा सन्चालनमा आएपछी सेवाग्राहीलाई थप सहज हुने कार्यालय प्रमुख एवं मालपोत अधिकृत अशोक कुमार भट्टराईले बिश्वास ब्यक्त गर्नुभयो ।यो सेवा सुरु भएपछी यसअघि एउटाको नाममा पास हुनुपर्ने जग्गा अर्कैको नाममा आउने समस्याको समाधान हुने कार्यालय प्रमुख भट्टराईको भनाई छ ।

 

सेवा शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुनलगायतले सेवा शुभारम्भ भएको प्रती खुसी ब्यक्त गर्दै जिल्लालाई प्रबिधी मैत्री बनाउन तर्फ सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित

SITENAME

त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

काठमाडौँ ,पुस २५     २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय

SITENAME

माटोबिनै पनि तरकारी फलाउन सफल पौडेल !

  नवलपुर ,पुस १४    रुपन्देहीका किसान ईश्वर पौडेलले गरेको तरकारी खेतीबारे अन्नपूर्णमा प्रकाशित सामग्री अनुसार, माटोबिनै पनि तरकारी फलाउन